बेनीमा थप एकजनामा डेंगुको संक्रमण

FILE - In this Jan. 18, 2016 file photo, a researcher holds a container with female Aedes aegypti mosquitoes at the Biomedical Sciences Institute in the Sao Paulo's University in Sao Paulo, Brazil. The spread of the Zika virus in Latin America is giving a boost to a British biotech firm’s proposal to try reducing the threat by deploying a genetically modified version of the mosquito that transmits the disease. (AP Photo/Andre Penner, File)

म्याग्दीको सदरमुकाम बेनीबजारमा थप एकजनामा डेंगु रोगको संक्रमण देखिएको छ । बेनी नगरपालिका–८ कालिपुलमा ३४ बर्षिय एक यूवामा ल्याव परिक्षणको रिर्पोटमा डेंगु संक्रमण देखिएको हो । टाउको दुख्ने, जोर्नीहरु दुख्ने, आलस्यता हुने जस्ता लक्षणहरु देखिएपछि ल्याव परिक्षणमा पोजेटिभ देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मनोज घिमिरेले बताए।

‘बिरामीको अवस्था सुधार भइसकेको छ,‘सचेत हुनुपर्छ, त्रसित हुनु आवश्यक छैन्’ डा. घिमिरेले बेनीअनलाइनलाई भने । उनका अनुसार राजमार्गसँग जोडिएकाले यसअगाडी पनि कालिपुल आसपासका क्षेत्रबाट विरामी अस्पतालमा भर्ना भएको बताए । यो सँगै म्याग्दीमा डेंगु संक्रमितको संख्या ४ पुगेको अस्पतालले जनाएको छ । मौसमा आएको परिवतनसँगै अस्पतालमा अत्याधिक संख्यामा भाइरल ज्वरोका विरामी भर्ना भएको अवस्थामा नियमित औषधी सेवन, चेकजाँचको क्रममा संकास्पदलाई मात्रै परिक्षण गर्ने गरिएको छ ।

सदरमुकाम बेनीको अस्पताल चोकका २ जना, बेनपा ५ पूलाचौरकी एक महिलालाई यसअगाडी नै डेंगुको संक्रमण देखिएको थियो । केही बिरामीले अस्पतालबाट रिफर लिएर पोखरामा समेत उपचार गराइरहेका छन् । आँखाको गेडी दुख्ने, शरीरको मासु पुरै दुख्ने,भाइरल फिवर अन्तरगत रुघाखोकी, ज्वरोका बिरामीमा संक्रमणको जोखिम रहन्छ । यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ ।