जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ दानामा गाँजा फडानी गरिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत इलाका प्रहरी कार्यालय र वडा कार्यालयको सहकार्यमा प्राकृतिक रुपमा फैलिएको गाँजाका बोटहरू नष्ट गरिएको हो । दुब्र्यसनीमुक्त समाज बनाउने प्रहरीको अभियानमा जिल्लाभर गाँजाको बोट नष्ट गर्ने अभियान अन्र्तरगत दानामा ब्यक्तिगत तथा सार्वजनिक स्थानमा उम्रिएको गााँजा फडानीमा स्थानीय संघसंस्थाका प्रतिनिधिका साथै जनप्रतिनिधिले समेत प्रहरीलाई जानकारी गराएका थिए ।

छिमेकी जिल्ला मुस्ताङबाट आवतजावत गर्नेले समेत प्रयोग गर्न सक्ने भएकाले पनि करिव ६ सय बोट नष्ट गरिएको प्रहरीले जनाएको छ । जिल्लाभर गाउँपालिका सहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले नष्ट गर्ने अभियानले तिब्रता पाएको प्रहरी निरिक्षक धुर्ब शर्माले बताए । पछिल्लो समय स्कुले बालबालिका समेत कुलतमा फस्न थालेपछि प्रहरीले सहर देखी ग्रामिण क्षेत्रसम्मगाँजा सहितलागुपर्दाथ दुब्र्यसनीलाई नियन्त्रण गर्न विभिन्नकार्यक्रम सञ्चालनगदैं आइरहेको छ ।

गाँजा नष्ट गर्ने क्रममा प्रहरीले गाँजाका बोटहरू देखेमा जानकारी गराउन समेत सर्वसाधारणलाई अनुरोध गरेको छ । खेतबारीमा आफै समेत गाँजा फैलने गरेपनि सर्वसाधारणले बेवास्ता गर्ने गरेका छन् । प्राकृतिक रुपमा फैलिएको गाँजा संकलन गरेर विक्रीगर्ने र गाँजा भएकै स्थानमा पुगेर समेत सेवनगर्ने गरेको समेत भटिएपछि स्थानीयबासीले समेत नष्ट गर्न सक्रियता देखाएका छन् ।

Leave a Reply