सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भ्रातृ संगठनले आफुँलाई भ्रष्टचार विरोधी अभियान्ता बताउने ज्ञानेन्द्र बहादुर शाह (ज्ञानेन्द्र शाही)लाई पर्वत प्रवेश निषेध गर्ने निर्णय गरेको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी निकट युवा तथा विद्यार्थी संगठनहरुले साझा विज्ञप्ति जारी गर्दै गणतन्त्र र परिर्वतनको विरुद्धमा भ्रम छर्ने गरी भएका गतिविधिहरु रोक्ने चेतावनी दिएका हुन ।

युवा संघका अध्यक्ष थमनारायण पौडेल, वाइसिएलका उपाध्यक्ष कमलप्रसाद लामिछाने, अनेरास्वीयूका अध्यक्ष तेजप्रसाद शर्मा तथा अनेरास्वीयू (क्रान्तिकारी)का पर्वत इन्चार्ज विजय प्रकाश सापकोटाले संयुक्त विज्ञप्ति जारी गर्दै अराजकताको विरुद्धमा लडन् युवाहरु तयार रहेको बताएका हुन ।  भदौ २८ गते नेपालगञ्जस्थित एयरपोर्टमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि भएको दुब्र्यवहार भएपछि देशैभर नेकपा आवद्ध भ्रातृ संगठनले रोक लगाउने अभियान सुरू गरेको छ ।

विज्ञप्तिमा भनिएको छ–‘पछिल्लो समय गणतन्त्रको विरुद्धमा गलत क्रियाकलापमा सग्लन्न हुने, समाजमा गलत भ्रम फैलाएर सामाजिक सद्भाव विगार्ने तथा समाजमा अस्थिरता फैलाउने तत्वहरु र तिनका गतिविधिहरुलाई यस गणतान्त्रिक भूमि पर्वतमा निषेध गर्ने जानकारी गराउँदै न्यायप्रेमी जनसमुदायमा विधिको शासन र जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्दै प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्न दृढतापूर्वक सहयोग गर्न सवैमा हार्दिक अपिल गर्दछौं ।’पछिल्लो समय गणतन्त्र विरोधी गतिविधिहरु गर्दै राजाबादीहरु सक्रिय हुन थालेपछि कम्युनिष्ट पार्टीले देशभर प्रतिकार गर्ने गरी योजना बनाईरहेको छ ।

Leave a Reply