ताकममा कांग्रेसको जागरण अभियान, ‘विकासमा सहकार्य, आवश्यक परे प्रतिकार’ गर्ने चेतावनी

नेपाली कांग्रेस म्याग्दी, प्रदेश सभा-२ ले दोस्रो जनजागरण अभियान अन्तरगत धवलागिरी गाउँपालिका–७ ताकममा जागरण अभियान सञ्चालन गरेको छ । दोस्रो चरणको हिमाल ,पहाड तथा तराई जागरण अभियान अन्तरगत आयोजित सभामा कांग्रेसमा विचार राखेकै कारण फरक र घुमाउरो तरिकाले प्रहार भइरहेको बताएका थिए ।

दुईतिहाई सरकारको आडमा कांग्रेसमा बिचार राख्नेलाई विकास निर्माणदेखि विभिन्न गतिविधिमा भइरहेको निषेधको राजनीतिलाई अस्वीकार गदैं थप शसक्त अभियान सञ्चालन गर्ने बताएका थिए । अभियानलाई केन्द्रीय प्रतिनिधि प्रदेशसभा २ का संयोजक एंव पुर्व सांसद नरबहादुर पुन मगरले सरकारले जनतालाई भ्रम छर्ने गरेको बताए । उनले कांग्रेसको सरकारका पालामा सम्झौता भई काम सुरु भएका धेरै योजना सम्पन्न हुने अवस्थामा आफुँले गरेको हल्ला गर्ने गरेको बताउँदै विकास निर्माणका गतिविधिमा सहकार्यका लागि तयार रहेको बताए ।

वर्तमान सरकारले भ्रष्टाचार,मुल्य बृद्धि ,बिकृती ,हत्या हिंसा तथा जघन्य अपराधका घटनालाई नियन्त्रणको साटो बढवा दिएको उनको भनाई छ । बालुवाटार स्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका सत्तारुढ नेकपा महासचिव विष्णु पौडेललाई कारबाही नगरी सरकारले संरक्षण दिएको आरोप लगाएका छन् । उनले गरिब जनतालाई कर माथी कर लगाएर गरि खान नदिएको बताए ।

कार्यक्रममा मालिका गाउँपालिकाका अध्यक्ष तथा नेपाल तरुणदल म्याग्दीका उपाध्यक्ष श्रीप्रसाद रोका मगर,प्रदेश सभा २ का सल्लाहकार खिम बहादुर पुर्जा ,क्षेत्र नं २ का उपसभापति मेखबहादुर पुन मगर ,वडा सभापति क्याप्टेन मनबहादुर भण्डारी लगायतले पार्टीलाई जनताको साथ रहेपनि आन्तरिक गुटउपगुटका कारण पार्टी कमजोर बन्दै गएको औल्याउँदै आन्तरिक रुपमा बलियो बनाउनुपर्नेमा जोड दिएका थिए ।

वडा सभापती क्याप्टेन भण्डारीको सभापतित्व ,क्षेत्र नं २ का कोषाध्यक्ष तेजिन्द्र थापाको स्वागत तथा नेपाल तरुणदल मालिका गाउँपालिकाका अध्यक्ष राजेन्द्र जुग्जालीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेकपा परित्याग गरी ९ जना नेता तथा कार्यकर्ता प्रवेश गरेको क्षेत्र नं २ का उपसभापति पुनले जानकारी दिए ।