खिवाङमा अनौठो पाठोको जन्म

जिल्लाको धवलागिरी गाउँपालिका–४ मुदीको खिवाङमा पालिएको एक बाख्राबाट अनौठो पाठो जन्मिएको छ । स्थानीय गौसरा घर्तीको घरमा पालेको बाख्राले आँखा र अनौठो मुख भएको सेतो रङ्गको पाठो जन्माएको केही समयमै मरेको गौसरा घर्तीले बताईन् । आँखा ठुलो भएपनि बन्द अवस्थामा रहेको पाठोको जिब्रोको आकार ठूलो भएपनि पाठाको शरीर पूर्ण रूपमा विकसित थियो । जन्मेको एक घण्टाभित्र मरेपछि पनि हेर्ने गाउँलेको भिड लागेको थियो । तस्वीर सौजन्य डेक चोचाङ्खी पुन