दशैंका लागि असोज ५ गतेदेखि अग्रिम टिकट खुल्ने

यातायात अव्यवस्था विभागले दशैँका लागि असोज ५ गतेदेखी अग्रिम टिकट खुल्ला गर्ने भएको छ । यातायात व्यवस्था विभागमा व्यवसायी र ट्राफिक प्रहरीसँग बिहीबार बसेको बैठकले असोज ५ गतेदेखि अग्रिम टिक बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

असोज ५ गतेदेखि यात्रुहरुले अग्रिम टिकट काट्न पाउने विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिनुभयो। दशैंमा यात्रुको चाप बढी हुनाले अहिलेसम्म २ सय ५० बस समेत थपिएको छ, उहाँले भन्नुभयो ।व्यवसायीहरुले लामो समयदेखि दशैं अगाडि सार्वजनिक यातायातको भाडा बढाउने माग राख्दै आए पनि तत्कालका लागि भने भाडा नबढ्ने भएको छ ।