भकिम्लीको बालप्रिय शारदा विद्यालयलाई कोरियाबाट सहयोग

बेनी नगरपालिका–३ भकिम्लीका डाँडाखानीमा अवस्थित बालप्रिय शारदा आधारभुत विद्यालयलाई करिव ५० हजार बराबरको सहयोग गरिएको छ । बेनपा–४ सिंगा घरभई हाल दक्षिण कोरियामा रहेका डा.बोजिन्द्र प्रसाद तुलाचनले विद्यालयमा अध्ययरत बालविकासका विद्यार्थीलाई टिभी, विद्यार्थीलाई शैक्षिक साम्रागी सहित अति गरिब तथा विपन्न ११ विद्यार्थीलाई बर्षभरी आवश्यक पर्ने स्टेशनरी र पोशाक साम्रागी सहयोग गरेका हुन् ।

बिहिबार विद्यालयमा आयोजित कार्यक्रममा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने गरी बालविकास देखि कक्षा ८ सम्म अध्ययरत २१ जना विद्यार्थीलाई सहयोग गरेको विद्यालयका प्रधानध्यापक जमुना रोका मगरले बताउनुभयो । उहाँका अनुसार बालविकासका विद्यार्थीलाई टिभी र १ सय ६ जना विद्यार्थीलाई सहयोग प्राप्त भएको बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि वडा सदस्य रत्न जिसीले सरकारी अनुदानले मात्रै प्राप्त नभएको बताउनुभयो ।

उहाँले सहयोगदाताले वडाभित्र गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो । ब्यवस्थापन समितिका अध्यक्ष मन बहादुर श्रीषको अध्यक्षता, स्वागत प्रअ रोकामगर र सञ्चालन शिक्षक मनबहादुर पुनले गर्नुभएको थियो । कोरियाबाट तुलाचनले यसअगाडी भकिम्लीको राखुमा अवस्थित चन्द्रदोय आधारभुत विद्यालयलाई समेत सहयोग गर्नुभएको थियो ।