बगुवाखोलामा अज्ञात समूहद्वारा डोजरमा आगजनी

बेनी नगरपालिका-५ बगुवाखोलामा राखिएको तीनवटा डोजरमा अज्ञात समुहले बुधबार राती आगजनी गरेको छ । निर्माण ब्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण जिसीको बिएन कन्ट्रक्सनका जेसिभीमा अज्ञात समूहले आगजन गरेको हो । बेनी तथा जिल्लाका विभिन्न योजनाहरुमा काम गर्ने गरी तयारी अवस्थामा राखिएका तीनवटा डोजरमा राती आगजनी भएको सञ्चालक जिसीले बताए । उनले निस्पक्ष छानविनको माग समेत गरेका छन् ।

आगजनीबाट तीनवटै जेसिभी जलेर नष्ट भएका छन् । घटनास्थलमा प्रहरीको टोली पुगेको छ । पटकपटक अज्ञात समुहले धम्की दिने गरेपनि आगजनी गर्नेको पहिचान खुलेको छैन् । विगतमा समेत जिसीका विभिन्न निर्माण उपकरणमा आक्रमण हुने गरेको थियो । जिल्ला प्रहरी कार्यालय म्याग्दीले आगजनी गर्ने समूहको खोजी भइरहेको जनाएको छ । file photo