विष्फोटक पर्दाथको प्रयोग गरी बेनी–जोमसोम सिधा सञ्चालन

चारदिन देखि अवरुद्ध बेनी–जोमसोम–कोरला सडक बुधबार साँझदेखि सिधा सञ्चालनमा भएको छ । गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तरगत अन्नपूर्ण गाउँपालिका वडा नं ३ दानाखण्डको काभ्रेभीरमा अवरुद्ध हुदाँ यात्रुलाई सास्ती भएको थियो ।

म्याग्दी र मुस्ताङको सिमाना समेत रहेको काभ्रेभीरमा पहिरोले पैदलयात्रीलाई समेत सास्ती भएको थियो । विष्फोटक पर्दाथको प्रयोग गरी ठुला चट्टान पन्छाएसंगैसञ्चालनमा आएको हो । पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनले बेनीअनलाइनलाई बताए । ‘लगातारको प्रयासबाट सडक खुलेको छ,‘भीरबाट ढुंगा खस्न सक्ने सम्भावना भएकाले सावधानी अपनाउन अनुरोध गरिएको छ’ शेरचनले भने ।

अविरल बर्षाले अवरुद्ध सडकमा डोजर, स्काभेटरका साथै नेपाली सेनाको टोलीको टोलीले विष्फोटक पर्दाथको प्रयोग गरी सञ्चालनमा ल्याइएपनि सडकखण्डका विभिन्न स्थानमा हिलाम्मे र पहिरोको जोखिम रहेको छ । अवरुद्ध हुदाँ सडकखण्डमा यात्रु अलपत्र परेका थिए ।सडक सुचारु भएपछि अलपत्र अवस्थामा रहेका यात्रु गन्तब्यतर्फ लागेका थिए । हिन्दु धर्मालम्बीले सोह्श्रद्धमा कागबेनी र मुक्तिनाथमा दर्शन गर्ने नेपालका विभिन्न जिल्लाका साथै छिमेकी राष्ट्र भारतबाट समेत भक्तजनहरु आउने गरेका छन् ।

लगातारको बर्षा, भिरालो जमिन,भूमिगत पानी, कमजोर भु–वनावटका कारण गण्डकी प्रदेशको लाइफलाइन मानिएको सडकखण्डमा यात्रुले जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।मुस्ताङलाई राष्ट्रिय राजमार्ग संग जोड्ने ७६ किलोमिटरको सडकखण्ड अन्र्तरगत सबैभन्दा जोखिमपुर्ण म्याग्दीको दाना देखी मुस्ताङको घाँसासम्म पर्छ । गत असारमा बर्षासंगै सडकखण्डका विभिन्न स्थानमा कटान र पहिरोले छियाछिया सडकका कारण मुस्ताङमा उत्पादित स्याउ ढुवानीमा समस्या हुने गरेको छ ।