एनआरएनए नेदरल्याण्डको बरिष्ठ उपाध्यक्षमा म्याग्दीका मिम पूर्जा

गैर आबासीय नेपाली संघ नेदरल्यान्डको आठौ अधिबेसनबाट म्याग्दीका एक यूवा बरिष्ठ उपाध्यक्षमा निर्बिरोध निर्वाचित भएका छन् । गत सेप्टेम्बर ८ मा सम्पन्न भएको अधिवेशनबाट मंगला गाउँपालिका ३ बरंजा स्थायी घरभई नेदरल्याण्डमा ब्यवसायसँगै सामाजिक कार्यमा सक्रिय मिम पूर्जा निर्विरोध चयन भएको मोना नेदरल्याण्डका महासचिव जनक बानियाँले बताए ।

उनका अनुसार एनआरएनएमा शसक्त भूमिकासँगै मोनाको अभियानलाई समेत सहज हुने उनले बताए । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रियका महासचिव समेत रहेका पूर्जा अध्यक्षका दावेदार भएपनि सहमति र सहकार्यमार्फत एनआरएनएको आन्दोलनलाई शसक्त बनाउने अभियान अन्तरगत सहमतिको यात्राका लागि बरिष्ठ उपाध्यक्षमा रोजेको पूर्जाले बताए । ‘सहमतिमार्फत संस्थागत अभियानलाई बलियो बनाउन चाहन्छु,‘एनआरएनए सबै गैरआवासीय नेपालीको पहुँचमा हुनुपर्छ’ पूर्जाले भने ।

मोनासँगै नेदरल्याण्डमा रहेका विभिन्न सामाजिक संघसंस्थामा समेत सक्रिय रहेका पूर्जाले म्याग्दीमा आर्थिक अवस्था कमजोर भएकाको उपचार सहित विभिन्न अभियानमा सहयोग गर्ने गरेका छन् । उनले हरेक बर्ष जन्मदिनको अवसरमा विपन्नलाई सहयोग गरेर मनाउनुका साथै विभिन्न सामाजिक अभियानमा समेत सक्रिय छन् । निर्वाचनमा निर्विरोध निर्वाचित गराउन सहयोग गर्ने पुर्ब अध्यक्ष,पुर्ब आई सिसी, ब्यबसायी तथा स्वतन्त्र ब्यक्तित्व लगाएतलाई धन्यवाद दिएका छन् । उनले अध्यक्ष श्रीराम कँडेलको कार्यकाललाई रचनात्मक बनाउने बताए ।