म्याग्दीमा विविध कार्यक्रमसहित संविधान दिवस मनाइने

हिमाली जिल्ला म्याग्दीमा यसवर्ष संविधान दिवस विविध कार्यक्रमहरुको आयोजना गरेर मनाइने भएको छ । बुधबार जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीको अध्यक्षतामा बसेको जिल्लास्थित सरोकारवालासहितको अन्तत्र्रिmया तथा छलफल कार्यक्रममा विविध कार्यक्रमसहित दिवस मनाउने निर्णय गरिएको हो ।

उक्त कार्यक्रममा संविधान दिवस–२०७६ मनाउनका लागि जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीको संयोजकत्वमा वर्तमान र पूर्व सांसदहरु, नगर प्रमुख, प्रजिअ, जिल्लास्थित राजनीतिक दल, सरकारी तथा गैरसरकारी कार्यालय एवं संघसंस्थाका प्रमुख, उद्योग वाणिज्य संघ, पत्रकार महासंघ र नागरिक समाज सदस्य रहेको जिल्लास्तरीय समारोह समिति गठन गरिएको छ ।

आउँदो असोज २, ३ र ४ गते तीन दिवसीय कार्यक्रम गरेर मनाइने संविधान दिवसको पहिलो दिन असोज १ गते ‘वर्तमान संविधान र यसका सबल पक्षहरु’को विषयमा अन्तरमावि जिल्लास्तरीय निबन्धलेखन प्रतियोगिता आयोजना गरिएको समारोह समितिले जनाएको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः नगद पाँचहजार, तीनहजार, दुईहजार र एकहजार रुपैयाँका दरले प्रशंसापत्रसहित पुरस्कृत गरिने भएको छ ।

यसैगरी तीनैवटै दिनको साँझ सरकारी कार्यालयमा दिपावली गर्ने र आम जनसमुदायलाई पनि दिपावलीका लागि आह्वान गर्ने निर्णय गरिएको छ भने सरकारी कार्यालयहरुमा राष्ट्रिय झण्डा फहराउने निर्णय गरिएको छ । त्यस्तै जिल्लास्तरीय समारोह समितिको विशेष कार्यक्रम असोज ३ गते संविधान दिवसको दिन बिहान ७ बजे बेनीको विरेन्द्रचोकमा जम्मा भई प्रभातफेरी ¥यालीसहित बेनीबजारको परिक्रमा गर्ने र जिल्लास्थित सबै जातजाति, भाषा, धर्म र सम्प्रदायहरुलाई आ–आफ्नो पहिचान झल्कने झाँकीसहित उपस्थित हुन आग्रह गरिएको छ ।

त्यसैगरी तीन दिवसीय कार्यक्रमको अन्तिम दिन असोज ४ गते गैरसरकारी संस्था महासंघ म्याग्दीको आर्थिक सहयोग र जिल्ला समन्वय समितिको समन्वयमा संविधान दिवस–२०७६ र दीगो विकास लक्ष्य–२०१९ को उपलक्ष्यमा सबै स्थानीय तह, सरकारी कार्यालय, राजनीतिक दल, निजी क्षेत्र, गैरसरकारी संघसंस्था, नागरिक समाज र पत्रकार लगायतको सहभागितामा अन्तत्र्रिmया कार्यक्रम गरिने जनाइएको छ । दिवसको पहिलो दिन जिल्लास्थित सबै सरकारी कार्यालयहरुले सरसफाई गर्ने र त्यसको जिल्लास्तरीय समारोह समितिबाट अनुगमन गरिनेछ । जिल्ला समन्वय समिति प्रमुख देवेन्द्रबहादुर केसीले तीन दिवसीय कार्यक्रम गरेर मनाइने संविधान दिवसको कार्यक्रमलाई सफल बनाउन सबैले आ–आफ्नो ठाउँबाट लाग्नुपर्नेमा जोड दिएका छन् ।