‘सचेत हुनु, त्रसित नहुनु’ डा. घिमिरे

मौसमा आएको परिवतनसँगै अस्पतालमा अत्याधिक संख्यामा भाइरल ज्वरोका विरामी भर्ना भएको अवस्थामा नियमित औषधी सेवन, चेकजाँचले निको नभएपछि ल्याव परिक्षणको रिर्पोटमा तीनजनालाई डेंगु संक्रमण भेटिएपछि म्याग्दी पनि उच्च जोखिममा रहेको बेनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मनोज घिमिरेले बताए । पूलाचौरबाट बेनी आएको देखिएपनि जिल्ला बाहिर गएको अवस्था नदेखिएकाले म्याग्दी जिल्ला डेंगु रोगको जोखिमबाट मुक्त नभएको उनको भनाई छ ।

बेनी अस्पतालमा दैनिक ३० जनाको हाराहारीमा भाइरल फिवरका विरामी भर्ना भएपनि ज्वरो निको नभएको र डेंगुको लक्षण भएको आशंका गरिएका विरामीको ल्याव परिक्षण गरिने अस्पताल प्रमुख डा. घिमिरेले बताए । आँखाको गेडी दुख्ने, शरीरको मासु पुरै दुख्ने,भाइरल फिवर अन्तरगत रुघाखोकी, ज्वरो लगाएतका समस्या देखिएका विरामीले समेत त्रसित हुदै डेंगु संक्रमणका बारेमा चिन्ता लिने गरेको अवस्थामा डा. घिमिरेले सचेत हुन तर त्रसित हुनुनपर्ने बताए । डा. घिमिरेसँग बेनीअनलाइनले गरेको छोटो कुराकानी

डेंगु भनेको के हो?
म्याग्दीका धेरैलाई यो रोगका बारेमा जानकारी नभएको देखियो । यो रोग एडिस जातको लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ। डेंगु भाईरस (डिइएन भी) ले हुने एक प्रकारको भाइरल ज्वरो हो। डेंगु भाइरसको चार प्रजाति छन्। जुन डिइएन भी–१, डिइएन भी–२, डिइएन भी–३, डिइएन भी–४ रहेका छन् । यो जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो रोग लाग्न सक्छ। एडिस जातको लामखुट्टेले एकजनालाई टेकेपछि धेरैलाई टोक्ने गरेकाले पनि संक्रमण फैलिने सम्भावना धेरै हुन्छ । एडिस नामक लामखुट्टे साँझ र बिहानको समयमा धेरै सक्रिय हुने गर्छ। कुनै व्यक्तिलाई डेंगु भाइरसबाट संक्रमित लामखुट्टेले टोकेपछि धेरै जसो ४ देखि ७ दिन भित्रमा रोगको लक्षण देखिन्छ। एउटा डेंगु रोगबाट संक्रमित व्यक्तिको रगत चुसेको ८ देखि १२ दिनपछि लामखुट्टे पनि संक्रमित हुन्छ । लामखुट्टेले दिउँसोमा बढी टोक्ने गर्छ। यो बेलामा हामी पनि सक्रिय हुने भएकाले पनि संक्रमण फैलिने गरेको हुन्छ ।

म्याग्दीमा डेंगु रोगको जोखिम कस्तो छ ?
सर्वप्रथम, बेनीअनलाइनलाई आफ्नो भनाई राख्ने अवसर दिनुभएकोमा धन्यवाद । म्याग्दीमा शनिबारसम्म ३ जना विरामीलाई डेंगु संक्रमण देखिएको छ । दुईजना जिल्ला बाहिरबाट घुमेर आउनुभएको र एकजना बेनी नगरपालिकाको पूलाचौरकी महिलालाई संक्रमण देखिएको छ । त्यसबाहेक अस्पतालमा भाइरल ज्वरोको विरामीको चाप दिनप्रति दिन बढिरहेको छ । छिेमकी जिल्ला बागलुङ र पर्वतमा संक्रमण फैलिएपछिको अवस्थामा म्याग्दी जोखिम नै थियो । यहाँ बिहिबार र शुक्रबार गरी तीनजना विरामी भेटिएपछि जोखिमुक्त भन्न सकिने अवस्था छैन् । देशका विभिन्न जिल्लाबाट बेनी हुदै मुस्ताङ आवतजावत गर्ने यात्रु, पोखरामा ६ सयभन्दा बढी विरामी फेला परेको अवस्थामा म्याग्दीका धेरै पोखरामा विभिन्न कामले जाने गरेको अवस्थामा बिरामीको संख्या बढ्न सक्छ ।

बेनीमा भेटिएका डेंगु संक्रमित व्यक्तिहरुमा कस्ता लक्षण देखा परेका छन त ?
ज्वरो निको नभएपछि अस्पतालमा भर्ना भएका विरामीहरूलाई डेंगु रोगको संक्रमण फैलिएपछिको लक्षणहरु नै देखिएका छन् । छालामा रातो रातो दागहरु देखा परेको छ। अर्कोतर्फ ज्वरो आउने, टाउको दुख्ने, आँखाको पछिल्लो भाग दुख्ने, ढाड दुख्ने, जोर्नी दुख्ने, पर्ने जस्ता लक्षणहरू देखिएका छन् । धेरैजसो विरामीलाई एकै किसिमको लक्षण देखिन्छ । संक्रमण भएपछि ज्यानै जान्छ भन्ने भ्रम फैलिएको छ, त्यो गलत हो । यसको उपचारका लागि औषधी नभएपछि जुन समस्या देखिएको छ त्यसकै औाषधी प्रयोग गर्नुपर्छ । धेरै मानिसलाई सामान्य डेंगु ज्वरो मात्रै आउने गर्छ भने केही व्यक्तिहरुलाई विभिन्न कारणले जटिलता हुने गर्छ।

यसको उपचार पद्धतिका बारेमा बताइदिनुहोस् न त ?
एडिस एजेप्टाई नाउ गरेको पोथी लामखुट्टेले टोकेको तीनदेखि १४ दिन सम्ममा डेंगुको लक्षण देखिन्छ। मैले अगाडी पनि भनिसकेको छु । डेंगुको संक्रमण फैलिएका विरामीले शरीरमा जे समस्या हुन्छ त्यसकै औषधी खानुपर्छ ।समान्यत डेंगु ज्वरो मात्रै आउने भएकाले पनि पारासिटामोलको सेवन गर्ने गरिन्छ ।प्रशस्त मात्रामा झोलिलो खाने खानुपर्छ । सलाईपानीमार्फत भिटामिन प्रयोग गरिन्छ ।डेंगु बिरामीलाई सेतो रगतको मात्रा कम हुने भएकाले सेतो रगत चढाउनुपर्छ भन्ने भनाई छ तर, त्यो गलत हो । उपचार पद्धतिबाटै विरामीलाई निको हुन्छ ।

अन्त्यमा केही भन्नु छ ?
यो अवसरका लागि धन्यवाद । म्म्याग्दी र कालिगण्डकी नदी आसपासको क्षेत्र,यातायातका साधनमा पोखरा,तराईका विभिन्न जिल्लाबाट आवतजावत गर्नेहरूबाट संक्रमणको सम्भावना रहेकाले पानीको मुहान, फोहोर संकलन केन्द्र, कवाडी राखिएका ठाउँहरूमा तत्काल लार्भा नष्ट गर्नुपर्छ । लामखुट्ेले दिउँसोको समयमा टोकेमा डेंगु लाग्ने सम्भावना बढि हुने भएकाले रोगी लामखुट्टेले सफा र फोहोर दुबै पानीमा अण्डा पार्ने र अण्डा पारेको टिनका बट्टहरु, खाली ड्रम, गमला, फुलदानी, आदिमा पानी जम्दा त्यहा यो फैलाउने लामखुट्टेले फुल पार्ने र यसको संक्रमण झन बढ्ने खतरा हुने भएकोले घर वरपर सरसफाईमा ध्यान दिनुपर्छ । अण्डा भित्तामा टाँसिएर रहने भएकाले एक बर्ष सम्म पनि नमर्ने शरीर ढाक्ने लुगा लगाउने, सुत्दा झुलको प्रयोग गर्नुपर्ने, शरीरको खुल्ला भागमा मलम प्रयोग गर्नुपर्ने लगायत उपाय अपनाउन अनुरोध गर्दछु्।