बेनीका सचिन श्रेष्ठ बने एनआरएनए जापानको म्याद अफ द इलेक्सन

गणेश श्रेष्ठ/ १५ बर्ष अगाडी विद्यार्थी भिषामा जापान छिरेका थिए सचिन श्रेष्ठ । प्ल टु सकेर उच्च शिक्षाका लागि जापान पुगेका बेनी नगरपालिका–८ पिपलचोक श्रेष्ठ जापानमा अध्ययनमा मात्रै सिमित भएनन् । उनले नेपाली यूवाहरूसँग सहकार्य गरी खेलकुद सहित विभिन्न रचनात्मक क्रियाकलापमा समेत सक्रिय भए ।

निकै कम संख्यामा जापानमा नेपाली अध्ययन गर्न जाने गरेको अवस्थामा तत्कालिन समयमा जापानलाई नै रोजेर शिक्षासँगै नेपाली आवद्ध भएका संघसंस्थामा समेत पाइला टेके । यूवा केन्द्रित कार्यहरूमा सक्रिय हुने गरेका श्रेष्ठले दर्जनौ यूवालाई लक्षित गरेका कार्यक्रमहरुको नेतृत्व समेत लिएका छन् । लगातारको पन्ध्र बर्षको जापान बसाईमा उनले गैर आवासीय नेपालीका कार्यक्रमहरूमा समेत नेतृत्वदायी भुमिकाले यूवामार्फत निकै लोकप्रिय भए ।

टोकियोमा नेपाली फुटबल क्लवदेखि च्यारेटीसम्मका कार्यमा नेतृत्वदायी भूमिका खेलेका श्रेष्ठले हालै सम्पन्न गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति जापानको २०१९–२०२१ कार्यकालमा निर्वाचनमा होमिएकाहरु मध्ये सबैभन्दा लोकप्रिय मत प्राप्त गरे । श्रेष्ठ एनआरएन जापानको ‘म्यान अफ द इलेक्सन’ भए ।

उनले निर्वाचनमा सबैभन्दा लोकप्रिय मत ९९८ प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी टिकराम कँडेलले ५३० मत प्राप्त गरेका थिए । ‘मलाई गर्नुभएको मायाँलाई काम गरेर देखाउँछु,‘एनआरएनएका लागी भविस्यमा धेरै योजना बनाएको छु’ श्रेष्ठले भने । उनले निर्वाचनमा सबैभन्दा लोकप्रिय मतले समेत जिम्मेबारीमा थप दवाव भएको बताए । एनआरएनए तथा मोना जापान मार्फत विभिन्न रचनात्मक काम गर्ने बताए ।

मोना जापानका बरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले आर्थिक अभावका कारण पठनपाठनमा समस्या भोग्दै आएका बालबालिकालाई लक्षित गरी विभिन्न कार्यक्रमको योजना समेत बनाएको बताएका छन् । अधिवेशनबाट क्षेत्रीय उपाध्यक्ष मोना जापानका अध्यक्ष एवम् एनआरएनए नागोयाको संयोजक समेत रहेका दिपक कार्कीले निर्वाचित भएका थिए । निर्वाचित टोलीको मंगलबार सपथग्रहण हुदैछ ।