एनआएनए जापानको क्षेत्रीय उपाध्यक्ष र सह-कोषाध्यक्षमा म्याग्देली विजय

गणेश श्रेष्ठ/गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अधिवेशनको क्षेत्रीय उपाध्यक्ष र सहकोषाध्यक्षमा म्याग्देली विजय भएका छन् । आइतबार सम्पन्न भएको ९ औ अधिवेशनमा मोना जापानका अध्यक्ष एवम् एनआरएनए नागोयाको संयोजक समेत रहेका दिपक कार्कीले क्षेत्रीय तर्फ क्षेत्रीय उपाध्यक्षमा निर्वाचित भएका छन् । जापानमा ब्यवसाय सञ्चालन गरी बसेका बेनी नगरपालिका वडा नं ९ गलेश्वर स्थायी घर भएका कार्कीले ६४ मत ल्याउँदै विजय भएका थिए ।

त्यस्तै सहकोषाध्यक्षमा बेनी नगरपालिका वडा नं ८ बेनीबजारका सचिन श्रेष्ठले ९९८ मतले विजय भएका छन् । मोना जापानका बरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले अधिवेशनमै लोकप्रिय मत प्राप्त गरेका छन् ।

क्षेत्रीय उपाध्यक्षमा विजय भएका कार्कीले आफ्नै संयोजकत्वमा नेपाल फेस्टिबलको आयोजना समेत गरेका छन् । उनी नागोयाका सफल नेपाली ब्यवसायी हुन् । त्यस्तै सहकोषाध्यक्ष श्रेष्ठ यूवामाझ लोकप्रिय छन् । फुटबल खेलाडी एबम् एनआरएनएको अक्षय कोषको अभियानका संयोजक समेत रहेका श्रेष्ठले एनआरएनएमार्फत सामाजिक, खेलकुद सहित विभिन्न अभियानमा संलग्नता छन् । निर्वाचित दुवैजनाले संस्थागत गतिविधि सहित विभिन्न रचनात्मक कार्यहरुमा सक्रिय हुने प्रतिबद्धता जनाएका छन्।