बाग्लुङ गलकोट नगरपालिकाका दुईजनामा डेंगु संक्रमण देखिएको छ । गलकोट नगरपालिका–३ हटियाका ३१ वर्षीय एक पुरुष र बाग्लुङ स्थायी ठेगाना भई हाल पोखराको शान्तिवाटिका बस्ने २६ वर्षीया एक महिलामा डेंगुको संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाग्लुङले जनाएको छ । उनीहरूको पोखराको फेवासिटी अस्ताल र गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

स्थायी ठेगाना बाग्लुङ भए पनि उनीहरू धेरैजसो जिल्लाबाहिर बस्ने गरेको पाइएको स्वास्थ्य कार्यालय बाग्लुङका क्षयकुष्ठ सुपरभाइजर देवप्रकाश घिमिरेले जानकारी दिए ।  ‘जिल्लाका दुईजनामा डेंगु संक्रमण भेटिएको कार्यालयमा जानकारी आएको छ,’ घिमिरेले भने, ‘तर दुवै बिरामी धेरैजसो समयबाहिर बस्ने गरेको पायौँ ।’ बिरामीका सुविधाका लागि नाम मिडियामा सार्वजनिक नगरिएको उनले बताए ।

यता म्याग्दी र कालिगण्डकी नदी आसपासको क्षेत्र,यातायातका साधनमा पोखरा,तराईका विभिन्न जिल्लाबाट आवतजावत गर्नेहरूबाट संक्रमणको सम्भावना रहेको बताइएको थियो । पानीको मुहान, फोहोर संकलन केन्द्र, कवाडी राखिएका ठाउँहरूमा तत्काल लार्भा नष्ट गर्नुपर्ने अवस्था आएको बेनी अस्पतालका डा. नवराज बस्ताकोटीले बताए ।

लामखुट्ेले दिउँसोको समयमा टोकेमा डेंगु लाग्ने सम्भावना बढि हुने भएकाले रोगी लामखुट्टेले सफा र फोहोर दुबै पानीमा अण्डा पार्ने र अण्डा पारेको भाडा, प्लाष्टिक, गमला, पोखरी जुनसुकै ठाउँमा अण्डा भित्तामा टाँसिएर रहने भएकाले एक बर्ष सम्म पनि नमर्ने शरीर ढाक्ने लुगा लगाउने, सुत्दा झुलको प्रयोग गर्नुपर्ने, शरीरको खुल्ला भागमा मलम प्रयोग गर्नुपर्ने लगायत उपाय अपनाउनुपर्ने डा.बस्ताकोटीले बताए

 

Leave a Reply