‘प्रगतिशिल सहकारी महिलालाई आत्मनिर्भर बनाउने अभियानमा’

सहकारीमार्फत महिला सशक्तीकरण, आर्थिकोपार्जन, गरिबी निवारण गर्न सकिने मंगला गाउँपालिका–१ कुहुँमा आयोजित कार्यक्रमका बक्ताले बताएका छन् । ग्रामिण क्षेत्रका महिलालाई आत्निर्भर बनाउन उत्पादनमुखी क्षेत्रमा सानो लगानीले समेत प्रयाप्त हुने बताइएको थियो । कुहुँका महिलाद्धारा स्थापित प्रगतिशील महिला महिला बचत तथा ऋण सहकारी संस्थाको सातौ साधारण सभाको उद्घाटन गर्दै गाउँपालिका उपाध्यक्ष सिर्जना केसीले घरायसी काममा सिमित महिलाको जीवनस्तर उकास्ने क्षेत्रमा सहकारीले प्राथमिकता दिनुपर्ने बताईन् ।

उनले कुहुँमा विभिन्न उत्पादनसँगै महिललाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन सहकारीले महत्वपूर्ण भूमिका खेलेको बताउँदै महिलाको नेतृत्व विकास, विभिन्न किसिमका तालिम, अभिमुखिकरणबाट समेत चेतनास्तर बढाउन सहयोग पुग्ने बताईन् । नेपाली नारीहरूको महान पर्व हरीतालिका (तीज)को दर खुवाउने कार्यक्रमको अवसरमा आयोजित साधारणसभामा वडा नम्बर १ का वाड अध्यक्ष डेग राम्जाली, लेखा तथा सुपरिवेक्षण समितीका सदस्य याम कुमारी आचार्य धर्ति क्षेत्री,शेयर सदस्य तसकुमारी रोका पाइजा,दीप शिखा माबि कुहूँका शिक्षक हरिकृष्ण उपाध्याय र क्षेत्री समाज म्याग्दीका कमला खत्री घर्ति क्षेत्रीले मन्तब्य राखेका थिए ।

सहकारीको सबैभन्दा धेरै शेयर खरिद गर्नेयुमाया रोका, गौमती रोका, भविसरा रोका, शुसिला राम्जाली, भेष माया राम्जाली, लिलकुमारी रोका राम्जाली पबित्र कुमारी खत्री क्षेत्री, बिष्णु माया रोका र सुष्मा रोका लाइ प्रमाण पत्र ले सम्मान समेत गरिएको थियो। साधारणसभाको अवसरमा सस्थाका प्रबन्धक अनिता रोका र लेखापाल मिलन पुन र उत्कृष्ट समूह लगनशील महिला समूह तुसारेपानीलाई सम्मान गरिएको थियो ।

संस्थाको आर्थिक बर्ष २०७६÷७७ सालको प्रगती विवरण सस्थाका कोषाध्यक्ष बिष्णुमाँया पुनले प्रस्तुत गरेकी थिईन । ८ सय ४५ जना शेयर सदस्य रहेको शेयर पुँजी ८० लाख ८८ हजार चारसय छ भने बचत तर्फ २७ लाख ३४ हजार तीन सय पैसठ्ठी रहेको छ भने कर्जा तर्फ ३ करोड ५७ लाख २६ हजार दुई सय रहेको छ ।

त्यसै गरी कुल आम्दानी ६२ लाख ५७ हजार सात सय ७६ कुल खर्च २९ लाख ४७ हजार ३ सय छ भने नगद ११ लाख ६६ हजार ६ सय ५२ र बैकमा जम्मा ४० लाख ८३ हजार ५३२ रुपैया छ । ४ करोड ४४ लाख २० हजार ४ सय ९२ रुपैया कारोबार रहेको छ । साधारणसभाको सहकारीकी अध्यक्ष पूर्णमाया पुन को अध्क्षयमा,उपाध्यक्ष देबी रोका मगरको स्वागत र सचिव मुक्तिमाया पुनले सञ्चालन गरेकी थिईन् । सहकारीले महिलालाई लक्षित गरी विभिन्न हस्तकला सहित आयर्आजनका गतिविधिमा समेत सक्रिय रहेको छ ।