माविस्तरीय छात्रा फुटबलको उपाधी माउण्ट एभरेष्टलाई

प्रथम अन्तर माविस्तरीय खुल्ला छात्रा फुटबल प्रतियोगिताको उपाधी माउण्ट एभरेष्ट आवासिय माविले हात पारेको छ । न्यू दोभान यूथ क्लवले क्लवका स्वर्गीय अध्यक्ष अनन्त गिरीको स्मृतिमा आयोजना गरेको प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पसलाई फाइनल खेलमा ०–३ गोल प्रहार गदैं उपाधी हात पारेको हो ।

सेमिफाइनलमा बागलुङको अमरआर्दश माविलाई ०–१ गोल प्रहार गदैं फाइनलमा प्रवेश गरेको म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी एकेडेमीलाई ०–१ गोल गदैं फाइनलमा पुगेको माउण्ट एभरेष्टको खेल पहिलो चरणमा तिब्र प्रतिस्पर्धा भएपनि दोस्रो चरणमा माउण्टले निरन्तर दवाव दिएको थियो ।

दोस्रो चरणमा माउण्टकी रिया रोकाले लगातार दुई गोल गरेकी थिइन् । रोकाको ३ गोलले माउण्टले उपाधी जित्यो । प्रतियोगितामा उपाधीको दावेदार मानिएको न्यू वेष्ट पोइन्टलाई पराजित गदैं माउण्टले क्वाटरफाइनलमा बेनी सामुदायिकलाई हराएको थियो । प्रतियोगितामा दुईवटा पहिलो चरण, क्वाटर र सेमिफाइनलमा माउण्टले तीनवटै विद्यालयलाई १ गोल प्रहार गदैं विजय भएको थियो । छिमेकी जिल्ला बागलुङको अमरआर्दश माविको खेल समेत उत्कृष्ट थियो ।

प्रतियोगिताको पहिलो चरणमा बालमन्दिर आधारभुत विद्यालयलाई आधादर्जन गोल प्रहार गरी आफ्नो बलियो उपस्थिती देखाएको अमर आर्दशले बौद्ध एकेडेमीलाई क्वाटरफाइनलमा पराजित गरेको थियो । सेमिफाइनलमा म्याग्दी बहुमुखी क्याम्पससँग अन्तिम समयसम्म गोलरहित खेलिरहेको अमरआर्दशका खेलाडीले आत्मघाती गोल गरेपछि निराश भएर मैदानबाट बाहिरिएको थियो । प्रतियोगितामा म्यान अफ दी म्याच माउण्ट एभरेष्टकी रिया रोका घोषित भईन् ।

उत्कृष्ट खेलाडी माउण्टकै डिम्पल गुरूङ, सर्वाधिक गोलकर्ता माउण्टकै रिया रोका, उत्कृष्ट गोलरक्षक म्याग्दी बहुमुखी क्याम्पसकी रविना बोहोरा, अनुशासित टिम म्याग्दी एकेडेमी,राईजिङ खेलाडी वेष्ट पोइन्टकी दिपशिखा किसान र उत्कृष्ट गोल अमरआर्दशकी सुमिना केसी रहेको न्यू दोभान यूथ क्लवका आशिष भुजेलले बताए । विजेतालाई बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।प्रथम हुने समुहलाई ३० हजार नगद, उपविजेतालाई २० हजार, मेडल, ट्रफी र प्रमाणपत्रले सम्मान गरिएको क्लवका कार्यवाहक अध्यक्ष सविन श्रेष्ठले बताए ।