धौलागिरी गण्डकी यातायात सेवा प्रा.लि.को अध्यक्षमा उमेश केसी चयन हुनुभएको छ । साविक धौलागिरी अञ्चल यातायात बस व्यवसायी सञ्चालक समितिको नामबाट सेवा प्रदान गर्दै आएको समितिले हाल नेपाल सरकारको निर्णय अनुसार धौलागिरी गण्डकी यातायात सेवा प्रालि दर्ता भएपछि भएको पहिलो अधिवेशनबाट अध्यक्षमा केसीलाई सर्वसम्मत चयन गरेको हो ।

प्रा.लि.को प्रथम साधारणसभा तथा अधिवेशनले केसीको अध्यक्षतामा १२ सदस्य कार्यसमिति चयन गरेको छ । समितिको सदस्यहरुमा घनश्याम मल्ल, उमाकान्त शर्मा ‘बाबु’, राजन जोशी, राजु तुलाचन, बाबुराम पौडेल, तुलब अधिकारी, हेम शर्मा पौडेल, छमप्रसाद शर्मा, जयबहादुर श्रेष्ठ, तिर्थबहादुर खड्का रहनुभएको छभने मनोनित सदस्यमा नारायण खड्का रहनुभएको छ ।

समितिको पहिलो बैठकले सचिव र प्रबन्धक मनोनयन गर्ने जनाइएको छ ।प्रथम साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एसपि नवराज भट्टले व्यवसायीहरुले यात्रुहरुको दुर्घटना विमाको बारेमा बोल्दीनुपर्ने बताउनुभयो । उहाँले १२ वर्ष अगाडीदेखि नै ५ लाख रुपैयाँ मात्र विमा रकम भएकाले त्यसको बृद्धिको लागि सरकार समक्षा कुरा गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष ऐनकुमार शाही, केन्द्रिय सदस्य केशव प्रसाद अधिकारी, राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, धौलागिरी अञ्चल यातायात वस व्यवसायी सञ्चालक समितिका पूर्वअध्यक्ष कृष्ण शंकर श्रेष्ठ, पृथ्वी राजमार्ग बस कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र केसी र लोकतान्त्रीक यातायात मजदुर संघका बलराम सापकोटाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

समितिका अध्यक्ष उमेश केसीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहको संचालन राजन जोशी र समापन मन्तव्य वरिष्ठ उपाध्यक्ष हरिविकास जिसीले गर्नुभएको थियो ।प्रा.लिले आर्थिक वर्ष २०७५÷०७६ मा २ करोड ५७ लाख ६६ हजार ५ सय ३१ रुपैयाँ को कारोबार गरेको जनाएको छ । धौलागिरी अञ्चल यातायात वस व्यवसायी सञ्चालक समितिको नामबाट २०५५ सालदेखि साविकको धौलागिरी अञ्चलका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका यात्रुहरुलाई सेवा प्रदान गर्दै आएको थियो ।प्रालिका ३ सय ओटा बस र माइक्रोसले साविकका चार ओटै जिल्लाबाट काठमाडौं, चितवन, विरगंज कोठियाघाट, काँकरभित्ता लगायतका जिल्लामा संचालन हुँदै आएका छन् ।

Leave a Reply