माविस्तरीय छात्रा फुटबल: पहिलो दिन विभिन्न विद्यालय विजय

न्यू दोभान यूथ क्लवले आयोजना गरेको प्रथम अन्तर माविस्तरीय खुल्ला छात्रा फुटबल प्रतियोगिताको पहिलो चरणको खेलमा विभिन्न विद्यालयले विजय सुरुवात गरेका छन् । बिहिबारदेखि खुल्लामञ्चमा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा लिटल गार्डेन एकेडेमीले प्रकाश माविलाई पराजित गरेको छ । निर्धारित समयमा गोल रहित भएको खेलमा पेनाल्टीमा लिटल गार्डेनले २ का बिरुद्ध ४ गोल प्रहार गरेको थियो ।

अमरआर्दश मावि बागलुङले बालिमन्दर आधारभुत विद्यालयलाई ० का विरुद्ध ६ गोल, बेनी सामुदायिक माविले न्यू होराईजन आवासिय माविलाई सुन्य का विरुद्ध १ गोल, म्याग्दी बहुमुखी क्याम्पसले बेनी आवासिय माविलाई पेनाल्टीमा ४ का बिरुद्ध ५ गोल प्रहार गरेको थियो । पहिलो दिनको अन्तिम खेलमा माउण्ट एभरेष्ट आवासीय माविले न्यू वेष्ट पोइन्ट आवासीय माविलाई सुन्यका विरुद्ध १ गोल प्रहार गरेको न्यू दोभान यूथ क्लवका विशाल कार्कीले बताए ।

उनका अनुसार प्रतियोगिताको अन्तिम खेल निकै रामोञ्जक भएको थियो ।प्रतियोगिताको शुक्रबार हुने खेलमा लिटल गार्डेन एकेडेमी र म्याग्दी एकेडेमी, अमरआर्दश मावि र बुद्ध एकेडेमी, बेनी सामुदायिक र माउण्ट एभरेष्ट तथा म्याग्दी बहुमुखी र गलेश्वर आर्दश विच हुने बताइएको छ । क्लवका स्वर्गीय अध्यक्ष अनन्त गिरीको स्मृतिमा सञ्चालित प्रतियोगिताको फाइनल शनिबार हुने क्लवका कार्यवाहक अध्यक्ष सविन श्रेष्ठले बताए । प्रतियोगितामा प्रथम हुने समुहलाई ३० हजार नगद, उपविजेतालाई २० हजार, मेडल, ट्रफी र प्रमाणपत्र सहित विभिन्न पुरस्कारको ब्यवस्था गरिएको छ ।