प्रथम माविस्तरीय छात्रा फुटबल प्रतियोगिता सुरू

क्लवका स्वर्गीय अध्यक्ष अनन्त गिरीको स्मृतिमा न्यू दोभान यूथ क्लवले आयोजना गरेको प्रथम अन्तर माविस्तरीय खुल्ला छात्रा फुटबल प्रतियोगिता सुरू भएको छ। प्रतियोगिताको उद्घाटन गदैं बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले विद्यालयस्तरमा हुने खेलकुदले प्रतिभाको खोजीमा सहज हुने बताउनुभयो । विद्यालयस्तरका हरेक खेलमा छात्रसरह छात्रालाई समेत अवसर दिनुपर्नेे उहाँको भनाई थियो ।

उपमेयर सञ्जु बरुवालले महिलालाई खेलकुदमा समेत प्रोत्साहन गर्न सकेमा आत्मरक्षामा समेत सहज बताउनुभयो । विद्यालयमा छात्र सरह छात्राले समेत फुटबल, भलिबल लगाएतका खेलमा सक्रियता देखाउन थालेपछि पछिल्लो केहीबर्ष यता प्रतियोगिता नै आयोजना गरिएको छ ।

विद्यालयमा छात्र सरह छात्राले समेत फुटबल, भलिबल लगाएतका खेलमा सक्रियता देखाउन थालेपछि पछिल्लो केहीबर्ष यता प्रतियोगिता नै आयोजना गरिएको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले छात्रा फुटबलमा म्याग्दीको सम्भावना रहेको बताउनुभयो ।

विगतमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट छनौट भएर प्रदेश र केन्द्रमा खेल्न गएका छात्रा खेलाडीको खेल उत्कृष्ट रहेकाले फुटबल, भलिबल, मार्सल आर्ट, कवडड्ी खेलमा जिल्लाको सम्भावना रहेको विश्वकर्माको भनाई थियो । प्रतियोगिताको उद्घाटन सत्रमा स्वर्गीय क्लव अध्यक्ष गिरीका आफन्त रमेश गिरीले स्मृतिमा भविस्यमा पनि विभिन्न रचनात्मक गतिविधि सञ्चालन गर्ने बताउनुभयो ।

कार्यक्रममा प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनी, वडा नं ६ का अध्यक्ष कृष्णबहादुर बानियाँ, वडा नं ७ का राजेन्द्रकुमार श्रेष्ठ, वडा नं ८ का रामकृष्ण बराईली, म्याग्दी जेसीजका अध्यक्ष खम थापामगर, स्वर्गीय गिरीकी आमा कमला गिरी, क्लवका सल्लाहकार रमेश श्रेष्ठ, विनय श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।

प्रतियोगितामा म्याग्दीका ११ र बागलुङ र पर्वतका २ गरी १३ विद्यालयले सहभागिता जनाएका छन् । क्लवका अध्यक्ष सविन श्रेष्ठको अध्यक्षता, साधन बोहोराको स्वागत र सुमित सुबेदीले सञ्चालन गरेका थिए । प्रतियोगितामा प्रथम हुने समुहलाई ३० हजार नगद, उपविजेतालाई २० हजार, मेडल, ट्रफी र प्रमाणपत्र सहित विभिन्न पुरस्कारको ब्यवस्था गरिएको छ ।