म्याग्दीका नयाँ पर्यटकीय गन्तब्य खोज्ने अभियान (भिडियो)

म्याग्दीको पर्यटन विकासका विषयमा बुधबार बेनीमा छलफल भएको छ । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसी र जिल्लामा क्रियाशिल पत्रकारहरुबीच पर्यटनसम्बन्धी विषयमा छलफल गरिएको हो । गण्डकी प्रदेश सरकारले निजी क्षेत्रसहितको सहकार्यमा घोषणा गरेको पर्यटन वर्ष–२०१९–०२२ मा सञ्चालन गर्ने कार्यक्रमका विषयमाथी अन्तत्र्रिmया र छलफल गरिएको छ ।

जिल्ला समन्वय समितिको कार्यालयमा भएको छलफलमा जिसस प्रमुख केसीले गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटनसँग सम्बन्धित कार्यक्रमका लागि कार्यविधि बनाएर पठाएको हुँदा सोही अनुसार उपसमिति गठन गरिएको जानकारी दिएका छन् ।उनका अनुसार जिल्लामा पर्यटनसम्बन्धी कार्यक्रम सञ्चालन गर्नका लागि जिल्लास्तरीय समन्वय उपसमिति गठन भएको छ ।

 

कार्यविधिमा उल्लेख गरेअनुसार जिसस प्रमुख समन्वय उपसमितिको अध्यक्ष, उपप्रमुख उपाध्यक्ष, प्रमुख जिल्ला अधिकारी सदस्य, म्याग्दी उद्योग वाणिज्य संघको प्रतिनिधि सदस्य, धौलागिरी पर्यटन परिषद म्याग्दीका अध्यक्ष अमर बानियाँ सदस्य, पर्यटन व्यवसायी हरुमध्येबाट अध्यक्षले तोकेको १ महिलासहित कम्तीमा ४ जना सदस्य र जिल्ला समन्वय अधिकारी सदस्य सचिव रहेका छन् ।यसैगरी स्थानीय तहहरुमा पनि प्रमुख तथा अध्यक्ष, समन्वय समितिको अध्यक्ष र उपप्रमुख तथा उपाध्यक्ष समितिको उपाध्यक्षमा रहने व्यवस्था गरिएको छ ।

जिल्लास्तरीय तथा स्थानीय तहमा गठित समितिमा ९ जना पदाधिकारीको व्यवस्था गरिएको छ भने समितिमार्फत जिल्लामा आवश्यक पर्यटनका गतिविधिहरु सञ्चालन गर्न सकिने जनाइएको छ। पर्यटन वर्ष अवधिभर जिल्लामा सञ्चारमाध्यममार्फत गर्न सकिने पर्यटनसँग सम्बन्धित विषयमा पत्रकारहरुसँग छलफल गरिएको थियो । जिसस प्रमुख केसीले आगामी वैठकमा कार्यक्रमहरु प्रस्ताव गरेर अघि बढ्ने बताउँदै मन्त्रीको उपस्थितिमा जिल्लाका सरोकारवालाहरुसहित छलफल गरिने जानकारी दिएका छन् ।

पत्रकारहरुले भ्रमण वर्ष अवधिभर स्थानीय सञ्चारमाध्यमबाट पर्यटनसँग सम्बन्धित कार्यक्रमहरु बनाएर प्रकाशन र प्रसारण गर्न सकिने बताएका थिए ।कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष तारानाथ शर्माले पर्यटन प्रवद्र्धन र पर्यटनसम्बन्धी कार्यक्रम सञ्चालन गर्नका लागि जिल्लामा यसअघि भएका गतिविधिहरुको समीक्षा गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । पत्रकार महासंघ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्काले पर्यटनका गतिविधि सञ्चालन गर्दा आन्तरिक वा बाह्य पर्यटक कसलाई बोलाउने त्यो किटान गरी पर्यटकीय गन्तव्यका क्षेत्रमा पुग्नका लागि आवश्यक पूर्वाधारका साथै चिनारी दिनुपर्ने माग गरे ।

उक्त कार्यक्रममा सहभागी पत्रकारहरुले भने पर्यटन प्रचारप्रसारका लागि जिल्लामा सञ्चालित रेडियो, पत्रपत्रिका र अनलाइनमार्फत श्रव्यदृश्य सामग्री उत्पादन गरी प्रसारण गर्नुका साथै भिडियो डकुमेन्ट्री निर्माण तथा फोटो प्रदर्शनी जस्ता गतिविधिहरु गर्न सकिने बताए ।उपसमितिले सरकारले घोषणा गरेका पर्यटन तथा भ्रमण वर्ष सञ्चालन गर्न जिल्लाभित्र रहेको सम्भावना अध्ययन गरी आवश्यक नीतिगत व्यवस्था तथा सुधार्न मूल आयोजक समितिलाई सुझाव दिनुका साथै समन्वय गर्न सक्नेछ । यसैगरी जिल्लामा सञ्चालन गरिने भ्रमण वर्षको कार्यक्रम अनुगमन गर्न पनि जिल्लास्तरीय र स्थानीय तहमा गठित समितिलाई जिम्मेवारी तोकिएको छ ।