खुल्ला कवड्डीको उपाधी आयोजकलाई, छात्रातर्फ प्रभा मावि प्रथम

खुल्ला पुरुष कवड्डी प्रतियोगिताको उपाधी आयोजक कवड्डी संघ म्याग्दीले जितेको छ । हिन्दु महिलाको पर्व तिजको अवसरमा म्याग्दी कवड्डी संघको आयोजना गरेको प्रतियोगितामा सिमफोली कम्प्यूटर सेन्टर बागलुङलाई पराजित गदैं संघले उपाधी जितेको हो ।

त्यस्तै अन्तरमावि स्तरीय छात्रा प्रतियोगितामा अन्नपूर्ण गाउँपालिका ४ नारच्याङको प्रभा माविले हात पारेको छ। छात्रातर्फको खेलमा न्यू वेष्ट पोइन्ट आवासीय मावि र माउण्ट एभरेष्ट आवासीय बीच उजुरी छानविनको क्रममा दुवै विद्यालयको कमजोरी देखिएपछि छानविनको क्रममा दोषी भेटिएपछि दुवैलाई उपविजेता घोषित गरिएको म्याग्दी कवड्डी संघका अध्यक्ष राजकुमार परियारले बताए ।

उनका अनुसार प्रतियोगितामा खुल्लातर्फ प्रथम हुनेले नगद ३०, उपविजेता २० र छात्रातर्फ २० र १० हजार नगद, मेडल र ट्रफि वितरण गरिएको बताए । पुरुष तर्फ उत्कृष्ट खेलाडीलाई ३ हजार, छात्रातर्फ १५ सय नगदले सम्मान गरिएको थियो ।

प्रतियोगितामा कवडड्ी संघ म्याग्दीका अमृत सेन्चुरी र प्रभा माविकी गिता थजाली उत्कृष्ट खेलाडी घोषित भएका थिए । प्रतियोगिताका विजेतालाई जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र कटुवाल, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, वडा नं ८ का अध्यक्ष रामकृष्ण बराईली, वडा नं ७ का अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले सम्मान तथा पुरस्कार वितरण गरेका थिए ।

राष्ट्रपति रनिङ शिल्डमार्फत म्याग्दीमा सुरु भएको कवड्डी प्रतियोगितालाई पहिलोपटक खुल्ला प्रतियोगिताको रुपमा सञ्चालन गरिएको मुल संयोजक कर्ण प्रधानले बताए । प्रतियोगिताको समापन कार्यक्रमको अध्यक्षता राजकुमार परियार र सञ्चालन समिर रोका मगरले गरेका थिए । पछिल्ला केहीबर्ष यता म्याग्दीमा कवडड्ी खेल आर्कषक मानिन्छ ।