आफन्तको स्मृतिमा विद्यालयलाई सहयोग

जिल्लाको मंगला गाउँपालिका–१ कुहुँमा अवस्थित दिपशिखा माविमा स्वर्गिय मातापिताको स्मृतिमा एक परिवारले आर्थिक सहयोग गरेका छन् । स्वर्गीय मातापिता पार्वतीदेवी र फकबहादुर रोका मगरको स्मृतिमा छोरीहरू लक्ष्मी पुन मगर ,तिलकुमारी राम्जाली मगर र युके निवासी बिष्णु थापा मगरले ६० हजार सहयोग गरेको विद्यालयका प्रधानध्यापक डा. नन्द खत्रीले बताए । उनका अनुसार विगतमा समेत स्वर्गीय दम्पत्ती र उहाँका परिवारको अतुलनीय सहयोग रहेको थियो ।

सोही अवसरमा गाउँको सामाजिक तथा सांस्कृतिक संरक्षणमा सक्रिय पुख्यौली समुहले ५० हजार ५५५ सहयोग प्रदान गरेका छन्। विद्यालयमा स्वदेश तथा विदेशमा रहेका कुहुँबासीले बर्षेनी ठूलो आर्थिक सहयोग गर्ने गरेका छन् । शिक्षा, खेलकुद, भौतिक संरचना सहित विभिन्न गतिविधिमा सहयोग हुदै आएको विद्यालयले जनाएको छ । यसैबीच विद्यालयको अभिभावक भेलाले तुलबहादुर पुनको अध्यक्षतामा ब्यवस्थापन समिति पुर्नगठन गरेको छ ।

समितिको सदस्यमा डिलकुमारी खत्री, टेकबहादुर किसान, शिव विक, रुपा पुन, देवी रोका, सीता खत्री, नवीन भट्टराई र डा. नन्दबहादुर खत्री छन् । भेलाले क्या. केशरबहादुर घर्ती क्षेत्र , उदिबहादुर रोका, पूर्णमाया शेरपुन्जा, क्या. डेगबहादुर राम्जाली,देवबहादुर खत्री, रणबहादुर खत्री, एकजित रोका, गणेशमान राम्जाली ,वमबहादुर रोका र मुक्तिमाया पुनलाई सल्लाहकार समितिमा चयन गरेको छ ।