फुर्केसल्ला सामुदायिक वनको सातौं अधिवेशन

बेनी नगरपालिका–५ र ६ नम्बर वडामा रहेको फुर्केसल्ला सामुदायिक वन उपभोक्ता समूहको शनिबार सम्पन्न १९औं साधारणसभा तथा सातौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले तेजबहादुर बानियाँको अध्यक्षतामा वन समूहको नयाँ कार्यसमिति चयन गरेको छ ।

समूहको उपाध्यक्षमा सम्मरबहादुर खत्री, सचिवमा लालबहादुर खत्री, कोषाध्यक्षमा दुर्गा नेपाली, सहसचिवमा कृष्णबहादुर खत्री, सदस्यहरुमा लालबहादुर नेपाली, लालबहादुर खत्री, पार्वती केसी र ओमकला बानियाँ रहेका छन् । यसैगरी वनको वरिष्ठ सल्लाहकारमा मुक्तिबहादुर खड्का, सल्लाहकारमा कृष्णबहादुर बानियाँ, गणेशबहादुर बानियाँ र झलकबहादुर बानियाँ रहेका छन् ।

बेनपा–६, का वडा अध्यक्ष कृष्णबहादुर बानियाँको प्रमुख आतिथ्य र डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख हरिशचन्द्र सापकोटाको विशिष्ट आतिथ्य रहेको कार्यक्रम वन उपभोक्ता समितिका निवर्तमान अध्यक्ष मुक्तिबहादुर खड्काको अध्यक्षता, सचिव लालबहादुर बानियाँको सञ्चालन र सयर्नी सामुदायिक वन उपभोक्ता समूहका सचिव भक्त कार्कीको स्वागतमा सम्पन्न भएको थियो ।