यूवा सञ्जालमा शर्मा

युवा सञ्जाल म्याग्दीको सनिवार बेनीमा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट सन्दिप शर्माको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । युवाहरुको साझा संगठनको रुपमा गठन गरिएका संगठनको सर्वसम्मत चयन भएको कार्यसमितिको प्रथम उपाध्यक्षमा अन्जु शाही,प्रवक्त्तामा दिपक शर्मा, द्दितिय उपाध्यक्षमा उदय सुन्दास ,कोषाध्यक्षमा शान्ता मिजार ,सह कोषाध्यक्षमा गणेश सुवेदी, सचिवमा अनिल पौडेल र सहसचिवमा सुविन विश्वकर्मा सहित ९ सदस्यिय कार्यसमिति चयन भएको छ । कार्यक्रममा सिविनका सहजकर्ता रञ्जना श्रेष्ठ , छवी आचार्यले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

बालवालिकाको हकहितका लागी र बालविवाह न्युनिकरण तथा समाजमा हुने विक्तृति हटाउनका लागी सञ्जालले कार्यहरु गर्नुपर्ने सिविनका कार्यक्रम संयोजक बसन्त ढुंगानाले बताउनुभयो । कार्यक्रमको अध्यक्ष्ता सन्दिप शर्माले गर्नुभएको थियो भने संचालन अनिल पौडेलले गर्नुभएको थियो । युवा सञ्जालले अहिले बालविवाह न्युनिकरण ,सरसफाई ,रत्तदान ,तथा समाजमा सचेतनासम्बन्धि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।