कलाकार सुभद्रा अधिकारीको निधन

वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन भएको छ। शनिबार बिहान उनकै निवास डल्लुमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। थुप्रै चर्चित नेपाली चलचित्रहरुमा अभिनय गरेकी अधिकारी विक्रम सम्वत् २००३ सालमा काठमाडौँको असनमा जन्मेकी थिइन्। उनको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने छ।