मृतक आफन्तजनहरूको सम्झनामा बेनीमा गाईजात्रा (भिडियो)

म्याग्दीको सदरमुकाम बेनीमा बेनीमा मृत आत्माको शान्ति कामनाका लागि गाईजात्रा (सापरु) देखाइएको छ । नेपाल भाषा मंका खलको आयोजनामा जनैपूर्णिमादेखि दुईदिनसम्म बेनीबजारमा बर्षभरी दिवंगत भएका ब्यक्तिहरूको सम्झनामा नागानागिनी नाँच प्रर्दशन गर्ने गरिन्छ ।

एकमहिने बर्खेनाच अन्तरगत महत्वपूर्ण मानिएको गाईजात्रा अन्तरगत बेनीबजारमा रहेका नेवार समुदायका अगुवाहरूको उपस्थितीमा जनैपूर्णिमा तथा क्वाटी पुन्हीको दिन तयामचा(सापरु) र भोलिपल्टसम्म नागानागीनी नाच देखाउने चलन रहेको छ । बेनीबजारमा नेपालका विभिन्न जिल्लाबाट बसाईसराई गरेर आएका नेवार समुदायले आफ्नो सांस्कृतिक महत्वलाई समेत संगै ल्याएर आएको अवस्थामा नागानागिनी नाचको इतिहास करिव ३ सयबर्षभन्दा पुरानो रहेको पाइन्छ ।

हारमोनियम, ¥याली, मृदड लगाएतका पुराना बाजाहरूको प्रयोगसँगै राजमति गित गाउने गरिन्छ । हिन्दुधर्मलम्बीले गरुड पुराणमा उल्लेख गरे अनुरुप एक वर्ष सम्म बन्द गरेर राख्ने यमलोकको ढोका सोहीदिन मात्र खोल्ने भएकोले त्यस दिनमृतकका परिवारले मृतकको नाममा विधि पूर्वकपूजा गरेर मठ मन्दिर,चैत्य, गुम्बा घुम्यो भने शिवालोक प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास समेत रहेको नेपाल भाषा मंका खल म्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए । ‘बेनीको पुरानो नाच पनि हो,‘यो नाच मृत आत्मासँग सम्बन्धित छ’ श्रेष्ठले भने ।

नेवार समुदायले सापरू तथा गाईजात्रालाई एउटा महत्वपूर्ण दिनको रुपमा समेत लिने गर्दछन् । बर्खेनाचका अन्य गतिविधिमा सहभागी नहुने बजारमा बुढापाका समेत यस दिन पैदलयात्रा गदैं विभिन्न गतिविधिमा संलग्न हुने गरेका छन् ।गाईजात्रा को मुख्य अभिप्राय यमलोकमा रहेका बैतर्नी खोला पार गर्ने भएको नेवार समुदायका अगुवाहरूको भनाई छ ।

प्रत्यक मृतकका घरबाट एक जोडी पुरुष मध्ये एक जना पुरुष र अर्को महिला बनाएर पठाइने चलन छ । मुकुण्डो लगाएको नागा र महिलाको भेषमा नागिनीको नाच निकै आर्कषक मानिन्छ । यसबर्ष नागाको भेषमा वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ र महिलाको भेषमा हरेक बर्ष देखिन विनोद श्रेष्ठले अभियन गरेका थिए । महिला हुनेलाई बिशेष श्रृंगार गरिन्छ । मृतकका आफन्तले आफ्नो अगाडी सापारू आउनेलाई बिशेष रुपले स्वागत समेत गर्ने गर्दछन् ।

बेनीमा एकबर्षभित्र स्वर्गारोहण भएका नेवार समुदाय बाहेक अन्य समुदायको घरअगाडी समेत देखाउने गरिन्छ । सापारू र गाईजात्रालाई सामुहिक पृत्रिलाई सम्झने दिनको रुपमा समेत लिने गरेको ल्यामपुचका अध्यक्ष सुविन श्रेष्ठले बताए । ‘नागानागीनी नाच बेनीमा मात्रै देखाउने गरिन्छ,‘यो बेनीको मौलिक नाच पनि हो’ श्रेष्ठले भने । उनका अनुसार बर्खेनाच अन्तरगत सापरू र नागानागीनी नाच दुईदिनसम्म देखाउने गरिएकाले पनि यसलाई अन्य नाचको तुलनामा फरक मानिन्छ ।