भारोत्तोलनमा तारादेवी पुनको राष्ट्रिय कीर्तिमान

 भारोत्तोलनमा नेपाल पुलिस क्लबकी तारादेवी पुनले राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन्।काठमाडौं जिल्ला भारोत्तोलन संघले आयोजना गरेको नेपाल स्टङ्गेष्ट तेश्रो सुनिललाल जोशी स्मृती भारोत्तोलन प्रतियोगितामा पुनले दोश्रो दिन क्लिन एन्ड जर्कतर्फ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन्।

उनले आठौं राष्ट्रिय खेलकुदमा राखेको ९७ केजीमा सुधार गर्दै ९८ केजीका साथ कीर्तिमान बनाएकी हुन्।सिनियर ७६ केजी तौलमा खेलेकी पुनले स्नाचमा ७२ केजीका साथ स्वर्ण हात पारिन्।