‘हिमालका देबता’ बस्ने रिखारमा भक्तजनको भीड

?

जिल्लाको रघुगंगा गाउँपालिका वडा नं ८ कुइनेमंगलेमा अवस्थित धार्मिकस्थल रिखारमा जनैपूर्णिमामा दर्शन गर्न जाने भक्तजनको भीड लागेको छ । अनकन्टार ठाउँमा रघुगंगा गाउँपालिका भित्रका विभिन्न रुटबाट भक्तजनहरु दर्शनका लागि पुगेका छन् ।

जिल्ला सदरमुकाम बेनीबजार देखि करिब ४० किलोमिटर उत्तरतर्फ, धौलागिरि हिमालको फेदमा अवस्थित रिखार क्षेत्र मंगलबारदेखि नै भक्तजनहरु दर्शका लागि पुगेको वडा अध्यक्ष गमन छन्त्यालले बताए । उनका अनुसार गाउँपालिका भित्रका साथै विभिन्न स्थानबाट भक्तजनहरुले दुईदिनको पैदलयात्रा गरी मन्दिरमा पुग्ने गरेका छन् । रिखारमा दर्शन गरेपछि आफ्नो मनोकामना पुरा हुने विश्वासले भक्तजनहरु बर्षेनी पुग्दछन् । भक्तजनको चाहना र आवश्यकता अनुसार मन्दिर आसपासमा पूर्वाधार बनाउने कार्य समेत भइरहेको छ ।

स्कन्दपुराणका अनुसार द्धापरयुगमा देवी देवता र क्रृषि मुनीहरूले तपस्या गर्ने गरेको धार्मिक दस्तावेजमा समेत उल्लेख छ। रिखार ताल छेउमै रहेको शिवमन्दिर र वर्षौपहिलेका शिल्पीहरू छन् । तलाउको जलले स्नान गरी भगवान्को पूजा–अर्चना गर्नाले भगवानको लोक पाउने र पूण्य प्राप्त हुने जनविश्वास रहेको छ । फाईल तस्वीर