मोना फ्रान्सको स्वागत तथा पद हस्तान्तरण (फोटो फिचर)

म्याग्दी प्रवासी नेपाली संघ (मोना ) फ्रान्सको नयाँ कार्यसमितिको स्वागत तथा पद हस्तान्तरण गरिएको छ । फ्रान्समा रहेका म्याग्देलीको साझा संस्था मोनाका निर्वतमान कार्यसमितिको विदाई तथा नयाँलाई स्वागत गर्न सामुन्द्रिक क्षेत्रमा आयोजित कार्यक्रममा निर्वतमान अध्यक्ष हेम बानियाँको कार्यकालमा विभिन्न रचनात्मक कार्यहरु भएकाले नयाँ कार्यसमितिले पुरानो अनुभव र सहकार्यलाई निरन्तरता दिने अध्यक्ष पदम शेरचनले जनाएका थिए ।

सोही अवसरमा नवगठित कार्यसमितिका अध्यक्ष शेरचन, उपाध्यक्ष मान बहादुर सेन्चुरी, महासचिव लक्ष्मीप्रसाद भट्टचन, सचिव रेक पुन, सह–सचिव विकास शेरचन,कोषाध्यक्ष–ओम गौचन,सह कोषाध्यक्ष–सपना मल्ललाई स्वागत गरिएको थियो।

त्यस्तै सदस्यहरू प्रताप मल्ललेख कुमारी शेरचन,पुनम बानियाँ,सोशिमा रकाल,इमान छन्त्याल,मन कुमारी पुन,इमान कान्छा,मनोज शेरचन,कविता सेन्चुरी,साजन छन्त्याल,निर्मल पौडेल,रमेश बोहरा क्षत्री,दिनेश कार्की,देवान खड्का, विक्रम भण्डारी, सल्लाहकारहरू दिल गर्बुजा,विनोद श्रेष्ठ,दिल सुनार,प्रकाश सुवेदी,अमृत के. सी. (लाल ) लाई चयन गरिएको जानकारी गराइएको थियो ।

सोही अवसरमा प्रथम अधिवेशनमा सचिवमा चयन भएका नविन कार्कीले पारिवारिक तथा ब्यक्तिगत कारण देखाई पदबाट राजिनामा दिएकाले उक्त पदमा रेक बहादुरलाई चयन गरिएको मोना फ्रान्सले जनाएको छ। कार्यक्रमको अवसरमा संस्थापक अध्यक्ष हेम बहादुर बानियाँले आफ्नो कार्यकालमा गरिएको गतिविधिमा आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिदैं मोना फ्रान्सका हरेक गतिविधिमा सहभागीता हुने प्रतिबद्धता जनाएका थिए । नयाँ कार्यसमितिले फ्रान्समा रहेका म्याग्देलीको तथ्याङ्क संकलन सहित विभिन्न कार्यक्रमका साथै जन्मभूमी म्याग्दीमा समेत कार्यक्रम गर्ने जनाएको छ ।