अन्तराष्ट्रिय यूवा दिवसको अवसरमा रक्तदान

२० औं अन्तराष्ट्रिय यूवा दिवसको अवसरमा बेनीमा रक्तदान कार्यक्रम गरिएको छ । ‘शिक्षामा रुपान्तरण, उद्यमशिलता र नवप्रर्वधन’ भन्ने नारासहित यूवा सञ्जाल र सामुदायिक प्रहरी सेवा केन्द्रले सयुक्त आयोजनामा रक्तदान कार्यक्रमको उद्घाटन गदैं जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देबेन्द्रबहादुर कटुवालले यूवाको सहभागितामा हरेक रचनात्मक काम गर्न सकिने बताए । उनले यूवाका हरेक रचनात्मक कार्यहरुले समाजलाई सकारात्मक दिशातर्फ लैजाने बताए ।

दिवसका अवसरमा विरेन्द्रचोकमा आयोजित रक्तदान कार्यक्रममा ३३ पिन्ट रगत सङ्कलन भएको छ । कार्यक्रममा जिल्लास्थित सहकारीकर्मी, कर्मचारी, विद्यार्थी, सर्वसाधारणहरुले रक्तदान गरेका थिए । कार्यक्रमको अध्यक्षता यूवा सञ्जालका सन्दिप रिजाल र सञ्चालन कार्यक्रम संयोजक उदय सुन्दासले गरेका थिए । रेडक्रस सोसाईटी अन्तरगत रक्तसंचार केन्द्रको प्राविधिक सहयोग, आर्थिक सहयोग सिविन नेपाल म्याग्दीले गरेको थियो ।