नेकपा म्याग्दीको जिल्ला कार्यालय र सचिवालय गठन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीको जिल्ला कमिटिको जिल्ला कार्यालय र सचिवालय गठन गरेको छ । दोस्रो पूर्ण बैठकले ७ सदस्यीय कार्यालय र ३२ सदस्य रहेको सचिवालय गठन गरेको नेकपाले जनाएको छ ।

पोलिटव्युरो सदस्य तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाँया थापा र प्रतिनिधिसभा सदस्य एवम् जिल्ला इन्चार्ज भुपेन्द्र बहादुर थापाको उपस्थितीमा शनिबार सम्पन्न भएको बैठकमा अध्यक्ष गोविन्द पौडेल,सचिव हरिकृष्ण श्रेष्ठ,देवेन्द्र बहादुर केसी,बालकृष्ण सुवेदी,देब बहादुर घले,देब राज सुवेदी र रेशम जुग्जाली रहेको सात सदस्यीय जिल्ला कार्यालय चयन गरेको छ ।

जिल्ला कार्यालयमा तत्कालिन एमालेका ४ जना र एनेकपा माओवादीका ३ जना छन् । सोही बैठकले ३२ जना रहेको सचिवालय गठन गरेको छ । सचिवालयमा तत्कालिन एमालेको जिल्ला कमिटिमा रहेका १९ जना सचिवालय सदस्य र माओवादी केन्द्रबाट १३ जना रहेका छन् ।

जिल्ला इन्चार्ज तथा प्रतिनिधिसभाका सांसद भुपेन्द्र थापाको संयोजकत्वमा अध्यक्ष गोविन्द पौडेल,सचिव हरिकृष्ण श्रेष्ठ,प्रदेश सांसद विनोद केसी,सचिवालय सदस्य बालकृष्ण सुवेदी,रेशम जुग्जाली र प्रमोद श्रेष्ठ रहेको आर्थिक व्यवस्थापन समिति गठन गरेको सचिवालय सदस्य सन्तोष रावलले बताए । उनका अनुसार जिल्लामा हुने विभिन्न विकास निर्माणका गतिलाई तिब्रता दिने लगाएत विभिन्न विषयमा छलफल भएको थियो ।