दरवाङका दुई खेलाडी अन्तराष्ट्रिय प्रतियोगितामा छनौट

म्याग्दीको मालिका गाउँपालिका–६ मा रहेको दरवाङ इङलिस बोर्डीङ स्कुलका दुई जना केन्पोकाई खेलाडी अन्तराष्ट्रिय प्रतियोगितामा छनौट भएका छन् । जापानको सिजुओकाकिङ हामामाचु मा अगस्त ७ देखि १२ सम्म हुने विश्व केन्पोकाई प्रतियोगितामा भाग लिन नेपालबाट दरवाङका दुई सहित तीन जना खेलाडी छनौट भएका हुन् ।

नेपाल केन्पोकाईको तर्फबाट १४÷१५ वर्ष उमेर समूहमा कक्षा १० का नारायण सिउथानी र १०÷१३ वर्ष उमेर समूहमा कक्षा ७ का भिमसेन अधिकारी छनौट भएका प्रशिक्षक अनुप गौचनले जानकारी दिनुभयो ।साउन २० गते जापान जान लागेका सिउथानी र अधिकारीलाई बिहीबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि बिदाई गरिएको प्रबन्ध निर्देशक गोविन सिउथानीले बताउनुभयो ।