मलेसियामा एक म्याग्देलीको दुर्घटनामा मृत्यु

मलेसियाको बेन्तोङ भन्ने सहरमा दुर्घटनामा परी एक म्याग्देलीको ज्यान गएको छ । जिल्लाको धवलागिरी गाउँपालिका वडा नं १ गुर्जाका कविन्द्र छन्त्यालको बुधबार साती डियुटीमै दुर्घटनामा परी ज्यान गएको बताइएको छ । लामो समयदेखि मलेसियामा कार्यरत छन्त्यालको काम गर्ने क्रममा खसेर मृत्यु भएको कम्पनीमार्फत जानकारी आएको मालिका गाउँपालिका वडा नं ३ रुम पात्लेका एलबी मगरले बताए ।

‘मलेसियामा भएका गुर्जाबासीलाई सम्पर्कमा आउन अनुरोध गर्दछु,‘शबलाई जिम्मा लिएर स्वदेश पठाउन समस्या भएको छ’ मगरले बेनीअनलाइनलाई भने । उनका अनुसार गैरकानुनी रुपमा कार्यरत रहेको जानकारी प्राप्त भएपनि थप बुझ्ने प्रयास भइरहेको बताए । मृतकको नाता प्रमाणितको कागजात उपलब्ध भएमा शव बुझ्न सहज हुने बताइएको छ ।