जापानमा रहेका विद्यार्थीहरुले भलिबल प्रतियोगिता आयोजना गदै

नेपाल विद्यार्थी युनीयन नागोया जापानमा रहेका विद्यार्थीहरुले भलिबल प्रतियोगिता आयोजना गर्ने भएका छन । गर्मी विदाको अवसर पारि आगामी अगष्ट २७ तारीखको दिन  देखि आयोजना गरिने भएको छ । प्रतियोगितामा सहभागीताको लागि जापानमा रहेका नेपाली संघसंस्थाहरुलाई पत्राचार गरिएको नेपाल विद्यार्थी युनियन नागोयाले जानकारी दिएको छ ।

तेस्रो रनिङ कप प्रतियोगिताको रुपमा आयोजित प्रतियोगितामा उपाधि बिजेतालाई जापानी ३ लाख र उपबिजेतालाई २ लाख नगद पुरस्कार रहेको  देब केसीले  जानकारी दिएका छन  । उनका अनुसार प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्पाइकर, सटर, ब्लकर लगायतका बिधामा समेत खेलाडीहरुलाई पुरस्कृत गरिने जानकारी दिएका छन । खेल बिहान ९ बजे देखि हुने छ ।