म्याग्दीका कटुवालले मलेसियामा टेक्वान्डो खेलमा काँस्य पदक जिते

म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु पखटोलका अभिषेक कटुवाल मलेसियामा सम्पन्न ओपन टेक्वान्डो च्याम्पियनसिप खेलमा काँस्य पदक जितेका छन् । टेक्वान्डो च्याम्पियनसिप अन्तर्गत ४६ केजी तौल समुहमा छनौट भएका कटुवालले १८ देशबाट सहभागी भएका खेलाडीमा तृतिय हुदै काँस्य पदक जितेका हुन् ।

काठमाण्डौमा रहेको महर्षी स्कूलबाट सो खेल्न छनोट भएका थिए । कटुवालसहित ७ जनाको टोली साउन ४ गतेबाट मलेसिया प्रस्थान गरेका थिए । उनी सिंगापुरमा हुने टेकवान्डो प्रतियोगितामा सहभागि हुने छन् ।