हितकोषबाट अभिभावक गुमाएका सदस्यलाई सहयोग

म्याग्दी उद्योग वाणिज्य संघद्धारा स्थापित ब्यवसायिक हितकोषबाट अभिभावक गुमाएका सदस्यलाई सहयोग गरेको छ ।बेनीमा स्टेशनरी ब्यवसाय गर्दै आउनुभएका जलजला गाउँपालिका–७ धाइरिङका मुकुन्द आचार्यकी आमाको निधन भएको थियो ।

कोषको कार्यबिधि अनुसार आचार्यका परिवारलाई पच्चिस हजार रुपैयाँ उपलब्ध गराइएको संघका महासचिव लीलाराम गौतमले जानकारी दिनुभयो ।विपद् पिडित, सदस्यको मृत्यु र परिवारका सदस्इ दिवंगत हुँदा सहयोग गर्ने उद्देश्यले संघले ब्यवसायिक हित कोष स्थापना गरेको छ ।