प्राध्यापक संघ म्याग्दी क्याम्पसको सभापतिमा सुबेदी

पब्लिक क्याम्पस प्राध्यापक संघ नेपाल म्याग्दी बहुमुखी क्याम्पस एकाई समितिको पाँचौ अधिवेशनबाट नारायणप्रसाद सुबेदी सभापतिमा चयन भएका छन् । क्याम्पसमा सम्पन्न भएको अधिवेशनबाट उपसभापतिमा प्रेम जिसी, सचिव देवराज रेग्मी, उपसचिव नारायण पौडेल, कोषाध्यक्ष विष्णु रोका रहेका छन् । त्यर्सैगरी सदस्यहरुमा हिराबहादुर बरुवाल, ज्ञानेन्द्र सुबेदी, मेघा रिजाल र मदन सुबेदी रहेका छ ।

निर्वाचित सभापति सुबेदीले म्याग्दी क्याम्पसको गुणस्तरीय शिक्षा तथा क्याम्पसका गतिविधि सहयोग गदैं प्राध्यापकहरुको हकहितमा अगाडी बढ्ने बताए ।‘संस्थागत हितकै लागि केन्द्रित हुन्छु,‘क्याम्पसको गरिमालाई उच्च बनाउने कार्यमा खटिन्छु’ सुबेदीले भने । यता लोकतान्त्रिक प्राध्यापक संघले एकपक्षियरुपमा समिति गठन गरेको आरोप लगाएको छ । क्याम्पसभित्र प्राध्यापकहरु बिच सहकार्य र एकतालाई तोड्दै निषेधको राजनीति सुरु भएको भन्दै आपत्ती जनाएको छ । प्राध्यापकहरुको साझा संस्था भएकाले सबैलाई समेट्न नसक्नेकाले अपुरो अधिवेशन भएको जनाएको छ ।