म्याग्दीका निर्मल पूर्जाले दुई हप्तामा पाकिस्तान र चीनको तीन हिमालको आरोहण

Nirmal 'Nims' Purja on the summit of Nanga Parbat. Courtesy: Project Possible

७ महिनाभित्र ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर विश्व किर्तिमान राख्ने अभियानमा निस्किएका म्याग्दीका निर्मल पूर्जाले दुई हप्तामा तीनवटा हिमालको आरोहण गरेका छन् । पाकिस्तान र चीनको सिमानमा कराकोरम रेन्जमा अवस्थीत विश्वकै १३ औ अग्लो गशेरब्रुम (८०८० मि), गशेरब्रुम दोस्रो र पाकिस्तानकै दोस्रो ठुलो नांगा पहाड(८१२६ मि) को सफल आरोहण गरेका छन् । पाकिस्तान र चिनमा अवस्थित तीनवटै हिमालसँगै पूर्जाले यसै सिजनमा ब्रोड पिकको समेत आरोहण गर्ने आरोहण दलका मिग्मा डेभिड शेर्पाले बताए । उनका अनुसार लक्ष्यको नजिक पुगेको बताउँदै अन्तिम मिसनका लागि तयारी भइरहेको बताए ।

केही हप्तामै चीनको तिब्वतमा अवस्थित शिशापमा(८०१३ मि) को आरोहण गर्ने जनाइएको छ । बेलायती सेनामा हिम चितुवाको नामले चिनिने निर्मल पूर्जाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर संसारकै दशौं अग्लो अन्नपूर्णबाट अभियानको सुरुवात गरेका थिए । आफ्नै जन्मभूमीमा रहेका विश्वमै अग्ला मानिएका हिम चुचुरोबाट आरोहण सुरु गरेका पूर्जा म्याग्दीमै जन्मिएर धौलागिरी र अन्नपूर्ण हिमाल आरोहण गर्ने पहिलो म्याग्देली समेत घोषित भएका छन् । उनले म्याग्दीको अन्नपूर्ण र धौलागिरीको आरोहण गरेपछि मात्रै विश्वकै अग्लो सगरमाथा, कञ्चनजंगा, ल्होत्से, मकालु,नांगा पहाड, गशेरब्रुम, गशेरब्रुम दोस्रोको आरोहण गरेकाछ छन् ।

उनले आरोहण गर्ने सूचीमा अव शिशापामा, ब्रोडपिक, केटु, च्होयो,मनास्लु रहेका छन् । यी १४ वटा अग्ला हिमालमध्ये ८ वटा भने नेपालमै पर्दछ ।अग्लो हिमालमा हिउँका खुड्किला नाघ्दै उकालो चढ्दा पूर्जाले अतिरिक्त अक्सिजन विनै धौलागिरी हिमालको आरोहणका साथै सगरमाथाको चुचुरोमा आरोहीको ताँतीको तस्वीर खिचेर चर्चामा आएका छन् । आरोहणको क्रममा सगरमाथाको चुचुरोमा ट्राफिक जाम भएको तस्वीरले विश्वका प्रतिष्ठित मिडियामा समेत महंगोमा विक्री भएको थियो ।

को हुन् पूर्जा ?
उत्तरी म्याग्दीको दानामा जन्मिएका पूर्जा सन् २००३ मा पोखरास्थीत ब्रिटिश क्याम्पमा ब्रिटिस आर्मीमा छनौट भर्ना भई संयुक्त अधिराज्य बेलायतको क्याट्रिकस्थित आर्मी टे«निङ सेन्टरबाट आधारभुत तालिमको ज्ञान प्राप्त गरेका थिए । कर्पोरल निर्मल बेसिक टे«निङमा च्याम्पियन रिकु्रटको उपाधी लिएर क्विन्स गोर्खा इन्जिनियर्ससमा गएका थिए। क्विन्स गोर्खा इन्जिनियर्सको बेसिक ट्रेनिङ सफलतापूर्वक सम्पन्न गरी पेन्टिङ्ग एण्ड डेकोरेशन टे«डमा कार्यरत थिए । क्विन्स गोर्खा कार्यरत रहँदा ब्रिटिश आर्मीको कमाण्डो समेत गरेका थिए । उनले बेलायतको रक्षा मन्त्रालयमा माउन्टेन विज्ञको रुपमा कार्यरत पुर्जाले ब्रिटिश सेनाको रोजाईमा रहेका विश्वका धेरै हिमालको आरोहण गरिसकेका छन ।

अग्ला हिमाललाई आफ्नो घरको धुरीजस्तै सम्झिने पूर्जाले सबैभन्दा छिटो १० घण्टा १५ मिनेटको समयमा सगरमाथाको शिखरदेखि ल्होत्सेको शिखरसम्म आरोहण गरी विश्व किर्तिमान राखिसकेका पूर्जाले अंग्रेजी बर्ष २०१७ मे २७ गते ५ दिनमा ८ हजार मिटरभन्दा अग्ला सगरमाथा, मकालु र ल्होत्से हिमाल आरोहण र एउटै सिजनमा १७ दिनभित्र दुईपटक सगरमाथा चढेर ३ वटा विधामा गिनिज बुकमा वल्र्ड रेकर्ड राख्न सफल भइसकेका छन् ।

गोर्खा एक्सीडिसन २०१७ मा १३ जना ब्रिटिस गोर्खाले गरेको सफल सगरमाथा आरोहणको नेतृत्व सम्हालेका थिए । सगरमाथा आरोहणको क्रममा मृत्यु पर्खेर बसेका एक अर्का आरोहीलाई समेत उद्धार गर्न सफल भएका पूर्जाले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड प्राप्त गरेका थिए । उनले हरेक आरोहणमा आरोहीको उद्धार तथा मृत अवस्थामा भेटिएका शवलाई समेत ब्यवस्थापनमा सघाउने गरेका छन् ।
हालसम्म आरोहण गरेका हिमाल

Gasherbrum II – July 18

Gasherbrum I – July 15

Nanga Parbat – July 03

Mt Makalu – May 24

Mt Everest – May 22

Mt Lhotse – May 22

Mt Kanchenjunga – May 15

Mt Dhaulagiri – May 12

Mt Annapurna – April 23