सुत्केरी भैसीलाई गोठमै भत्ता

मंगला गाउँपालिका–२ लाम्पाटाकी शिवकुमारी क्षत्रीले गोठमै सुत्केरी भैसीको भत्ता पाईन् । घरदैलोमै पुगेर गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले सुत्केरी भैसीलाई रेखदेख, पौष्टिक दाना, पाडापाडी हुर्काउन ३ हजार भत्ता उपलब्ध गराए । क्षेत्रीसँगै लाम्पाटाकी सुमन घर्तीले समेत सुत्केरी भैसीलाई नै खर्च गर्ने गरी गोठमै ३ भत्ता बुझिन् । गत आर्थिकबर्षमा गाउँपालिकाभित्रका २० भैसीलाई सुत्केरी भत्ता वितरण गरिएको छ ।

ब्यवसायीक पशुपालनलाई प्रोत्साहन गदैं गाउँपालिकालाई जिल्लामै पशुपालन र कृषिमा नमुना बनाउने उद्देश्यले गतबर्षदेखि सुत्केरी भत्ता वितरण गरिएको पशुसेवा शाखाका प्रमुख दिर्घबहादुर खड्काले बताए । ‘भत्तालाई भैसी र पाडापाडीकै रेखदेखमा खर्च गर्नुपर्छ,‘हामीले नियमित अनुगमन समेत गछौ’ खड्काले भने । उनले स्थानीय र उन्नतजातका गाईभैसीलाई भत्ता वितरण गर्न थालेपछि पशुपालनमा समेत आर्कषण बढेको बताए ।

गोठमा भैसी ब्याएपछि कृषकको फोन । सुत्केरी भैसी भेट्न भत्ता लिएर पुग्छन कर्मचारी ।

تم النشر بواسطة ‏‎बेनीअनलाइन – Benionline.com.np News‎‏ في الأربعاء، ١٧ يوليو ٢٠١٩

गाउँपालिकाले भैंसी ब्याएपछि धेरै दुध उत्पादन हुने भन्दै पाडापाडी काटेर खाने चलन हटाउन पाडापाडी संरक्षणको प्रतिबद्धता जनाउनेलाई भत्ता वितरण गर्ने गरी सार्वजनिक सूचना जारी गरेपछि कृषकले आवेदन दिएपछि भैसी ब्याएको एकदुईमहिनापछि नियमित अनुगमन समेत गर्ने गरेको खड्काले बताए । गाउँपालिकाले गत आवमा वडा नं १ कुँहुमा ६ जना वडा नं २ बावियाचौरमा ७ र वडा नं ३ बरंजामा ७ जना कृषकको सुत्केरी भैसीलाई ६० हजार भत्ता वितरण गरेको जनाएको छ । कृषकले गोठमै रहेको भैसी र जन्माएको पाडापाडीको फोटो सहित वडाको सिफारिस र नागरिकताको प्रतिलिपी पेस गर्नुपर्ने छ ।

भैसी सुत्केरी भएलगत्तै किसानले गाउँपालिकालाई खवर समेत गर्न थालेपछि थप प्रोत्साहन सहित कार्यक्रम ल्याउने गाउँपालिका अध्यक्ष रोकाले बताए । ‘भैसी ब्याएको तत्कालै गाउँपालिकामा खवर पुग्छ,‘कर्मचारीले बधाईसँगै भत्ताको तयारी गर्छन’ अध्यक्ष रोकाले भने । उनले सुचनाका आधारमा गाउँपालिकामा आउने कृषकले भत्तालाई सदुपयोग गर्ने भएकाले पनि गाईभैसीको तथ्याङ्क संकलनमा समेत सहज हुने बताए ।

उनले स्थानीय जातका भैसीसँगै उन्नतजातका गाईपालनमा समेत प्रोत्साहन गर्ने बताउँदै भत्ता प्राप्त गर्ने भैसीको संख्या हरेक बर्ष बढाउने बताए । भैसीका पाडापाडी खरिदविक्री गर्नेलाई जरिवाना समेत तोक्ने तयारी गाउँपालिकाको छ । विगतमा एक–दुई लिटर दुधको लोभमा भैसी ब्याएको एकहप्तामै पाडापाडी बेच्ने किसानले अहिले भत्तासँगै पाडापाडी संरक्षणका लागि गाउँपालिकाले सुरू गरेको विभिन्न कार्यक्रमले पाडापाडी पाल्न थालेका छन् ।

यसैबीच गाउँपालिकाले एक वडामा एक बोयर बोका अनुदान, दलित तथा अति विपन्न १ सय जना महिलालाई बाख्रापालन, ब्यवसायीक गाईभैसी फर्म तथा सुधार, नमुना गोठ, घाँस काट्ने मेसिन सहित विभिन्न कार्यक्रममार्फत किसानकै हातमा पुग्ने गरी २३ लाख अनुदान उपलब्ध गराएको जनाएको छ । जिल्लामा मंगला गापाले मात्रै सुत्केरी गाईभैसीलाई भत्ता वितरण गर्ने गरेको छ ।