भलिबल प्रतियोगितामा मालिका गाउँपालिका विजय

म्याग्दी समाज न्यूर्योकले आयोजना गरेको म्याग्दीको स्थानीय तहस्तरीय भलिबल प्रतियोगिताको उपाधी मालिका गाँउपालिकाले हात पारेको छ । अमेरिकाका न्यूर्योकमा बसोबास गर्ने म्याग्देलीको साझा संस्था समाजले एकता र सहकार्यका लागी हरेक बर्ष आयोजना गर्ने विविध खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा मुख्य आर्कषक मानिएको भलिबलको पुरुषतर्फ बेनी नगरपालिकाले द्धितिय स्थान हात पारेको छ ।

त्यस्तै महिलातर्फ सन्नी साईड प्रथम भएको छ भने एल्महस्ट सिटी द्धितिय भएको समाजका बहादुर पाईजाले जानकारी दिएका छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी मालिका गाउँपालिकाका अमृत जुग्जाली र एल्महस्र्टकी ज्ञानी पुन घोषित भए। प्रतियोगितामा पुरुष लठो विजेता मंगला गाउँपालिकाको बरंजा र उपविजेता समेत मंगला गाउँपालिकाकै अर्मन भएको छ।
त्यस्तै पुरुष ठेलोमा निशान खत्री प्रथम र उपविजेतामा थमर गुरुङ भएको समाजका सचिव याम पुनले बताए । प्रतियोगितामा विजेतालाई समाजका अध्यक्ष भविन्द्र शेरपुञ्जा लगाएतले वितरण गरेका थिए ।

समाजले खेलकुद सहित विभिन्न कार्यक्रमका साथै म्याग्दीमा गतबर्ष बेनी नगरपालिका, अन्नपूर्ण र मंगला गाउँपालिकामा स्वास्थ्य शिविर तथा उपकरण समेत वितरण गरेको थियो भने विपत् ब्यवस्थापनमास समेत सहयोग गरेको छ । कार्यक्रममा आर्थिक,भौतिक तथा नैतिक सहयोग गर्ने सम्पूर्णलाई अध्यक्ष शेरपु्ञ्जाले धन्यवाद दिएका थिए ।