ग्रामिण क्षेत्रका निजी विद्यालयले तथ्याङ्क लुकाउँछन्

म्याग्दीका केही नीजि विद्यालयले तथ्याङ्क लुकाउने गरेको पाइएको छ । विद्यालयको सम्रग विवरण सहितको तथ्याङ्क उपलब्ध गराउन पटकपटक ताकेता गरिएपनि केही नीजि विद्यालयले विवरण बुझाउन आनकानी गर्ने गरेको पाइएको हो । जिल्ला शिक्षा तथा समन्वय इकाईका अनुसार सदरमुकाम बाहिर सञ्चालित विद्यालयहरूले अटेर गरेकोले सचेत गराइएको जनाएको छ ।

बेनी नगरपालिका वडा नं १ रत्नेचौरमा अवस्थित नेशनल प्रोग्रेसिप ईङ्लिस बोर्डिङ् स्कुल,म्याजिक स्टेप अर्जम, बेनपा ५ को पुलाचौर एकेडेमी, बेनपा १० पात्लेखेतको धौलागिरी ईङ्लिस बोर्डिङ् स्कुल, अन्नपूर्ण गाउँपालिका ६ घारमा अवस्थित नर्थ अन्नपूर्ण र मंगला गाउँपालिकाको बरंजामा रहेको नर्थस्टार ईङ्लिस बोर्डिङ् स्कुलले अहिलेसम्म एकपटक पनि तथ्याङ्क उपलब्ध नगराएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाले बताए । ‘अटेर गर्नेलाई सचेत गराएका छौ,‘तथ्याङ्क गलत भएमा विद्यार्थीको आधिकारिक विवरण नै हराउँछ’ थपााले भने ।

उनका अनुसार जिल्लाभित्रका नीजि विद्यालयको छाता संस्थालाई समेत तथ्याङ्क संकलनमा सहयोग गर्न अपिल गरिएको बताए । बेनीबजारका नीजि विद्यालयले तथ्याङ्क उपलब्ध गराउन थालेको बताउँदै केहीको प्राविधिक समस्यालाई समेत समाधान गर्ने गर्ने प्रयास गरिएको कार्यालयले जनाएको छ । सफ्वयेरमा देखिएको समस्याका कारण उपलब्ध गराइएको विवरण समेत प्रष्ट नभएकाले तत्काल पुर्ण विवरण उपलब्ध गराउन ताकेता गरिएको छ ।

संस्थागत विद्यालय सञ्चालन सम्बन्धि निती नियमहरुके अभिमुखीकरण कार्यक्रमको सहजीकरण गदैं धौलागिरी माविका केशवप्रसाद रेग्मीले एकिकृत शैक्षिक ब्यवस्थापन सूचक प्रणालीलाई कार्यान्वयन गर्ने विद्यालयको नालीबेली हेर्न मिल्ने बताए। उनले बालविकासदेखि विद्यार्थीको संख्या, अपाङ्ता, जातिगत, सिकाई उपलब्धी, शिक्षक, अभिभावक, ब्यवस्थापन समितिको विवरण,भौतिक संरचना सहित विद्यालयको सम्रग अवस्थालाई तथ्याङबाटै छर्लङ हेर्न मिल्ने भएकाले पनि तथ्याङ्क अपडेट विद्यालयकै लागी आवश्यक रहेको बताए ।

बि.श २०७३ देखि हालसम्मको तथ्याङ्क हेर्न मिल्ने भएकाले पनि सम्पूर्ण नीजि तथा सामुदायिक विद्यालयलाई तथ्याङ्कलाई उपलब्ध गराउन मन्त्रालयबाटै निर्देशन आइरहेको बताइएको छ । यसैबीच सामुदायिक विद्यालयले समेत जेठ मसान्तसम्म उपलब्ध गराउनुपर्ने विवरण बुझाउन सकेका छैनन् । बेनी नगरपालिकाभित्र सदरमुकाममा रहेको बेनी सामुदायिक, प्रकाश माविले समेत यसबर्षको विवरण उपब्ध गराउन सकेका छैनन् भने नगरभित्र १३ विद्यालयले मात्रै उपलब्ध गराएको जनाइएको छ ।