कबड्डी खेलका क्याप्टेन विकास बानियाँ

हालै म्याग्दीमा सम्पन्न पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कबड्डीमा माउण्ट एभरेष्ट आवासीय माविलाई उपाधी जिताउन विकास बानियाँले धेरै मेहनत गरे । कबड्डीमा उनले विद्यालयलाई उपाधी जिताउँदै गण्डकी प्रदेशस्तरीय प्रतियोगिताका लागि छनौट भए । पोखरामा जारी ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विभिन्न जिल्लाबाट आएका खेलाडीमा पनि बानियाँले उत्कृष्ट खेल देखाए ।

अन्तत बानियाँले गण्डकी प्रदेशबाट छात्रतर्फको नेतृत्व गदैं राष्ट्रिय प्रतियोगितामा छनौट भएका छन् । ‘मैले उत्कृष्ट खेल देखाउने प्रयास गरेको छु,‘राष्ट्रिय खेलबाट धेरै अनुभव सम्हाल्ने अवसर मिलेको छ’ बानियाँले बेनीअनलाइनलाई भने । उनले नेपालको पुरानो र प्रख्यात खेल भएपनि बिच कबड्डीखेललाई प्रतियोगितामा अनिवार्य गरिएकाले पछिल्लो समय चर्चामा रहेको बताए । उनले प्रतियोगितबाट काठमाण्डौमा जारी ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विभिन्न प्रदेशबाट आएका खेलाडीहरुसँग प्रतिस्पर्धा गर्ने अवसर मिलेकाले पनि नयाँ अनुभव भएको बताए ।

कबड्डीमा म्याग्दीबाट बानियाँसँगै अबिनेश श्रेष्ठ, अमृत शेञ्चुरी, रोजन भट्टचन समेत छनौट भएका थिए । कम खर्चिलो, तराई, पहाड, हिमाल जहाँ पनि खेल्न मिल्ने, खेल्ने ठाउँ थोरै भए पनि हुने भएका कारण कबड्डी नेपाल सुहाउँदो खेल भएको बानियाँको भनाई छ । नेपालमा कबड्डी खेलको राम्रो सम्भावना भएका कारण कबड्डी खेल प्रतियोगिताकै आर्कषकमा परेको थियो । यसैबची कबड्डीतर्फ छात्र तथा छात्रामागण्डकी तेश्रो भएको छ ।