म्याग्दीका १५ जना खेलाडी राष्ट्रियस्तरको खेलमा छनौट

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट म्याग्दीका १५ जना खेलाडी राष्ट्रियस्तरको खेलमा छनौट भएका छन् । काठमाण्डौमा जारी ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रदेशस्तरीय खेलमा उत्कृष्ट खेल देखाउँदै विभिन्न विधाका खेलाडी छनौट भएका हुन् । प्रतियोगितामा ३ हजार मिटर एथलेष्टिक्समा एनजिला खत्री, छात्रछात्रा भलिबलमा झपिरसिंह परियार, दुर्गा पाईजा, छात्रछात्रा कवड्डीमा गिता थजाली, सोपिया प्रजा, अविनेश श्रेष्ठ, अमृत शेञ्चुरी, विकास बानियाँ र रोजन भट्टचन रहेका छन् ।  त्यसैगरी मासल आर्ट अन्तरगत उसुतर्फ प्रनिश बानियाँ, सञ्जय विक, टेक्वान्डोमा रश्मी श्रेष्ठ, सविना उर्च मगर, कराँतेतर्फ सुदिक्षा बुढा र रित्रोणा बानियाँ रहेको कराँतेका प्रशिक्षक विरेन्द्र श्रेष्ठले बेनीअनलाइनलाई बताए ।

उनका अनुसार प्रदेशबाट राष्ट्रिय खेलमा सहभागी भएका खेलाडीहरुको खेल जारी रहेको बताउँदै पदकको अपेक्षा गरिएको बताए । म्याग्दीमा जारी प्रतियोगितबाट छनौट भएर प्रदेशमा पुगेका खेलाडीले प्रदेशभरीका खेलाडीहरुमै उत्कृष्ट खेल प्रर्दशन गरेपछि राष्ट्रियस्तरको खेलमा सहभागी भएका हुन् । प्रतियोगिता अन्तरगत सोमबारसम्म म्याग्दीका खेलाडीको समेत सहभागीता रहेको भलिबलतर्फ छात्र–छात्रामा गण्डकीका दुवै टिम उपाधी नजिक पुगेका छन ।छात्र तर्फ गण्डकीले सुदूरपश्चिम र छात्रा तर्फ प्रदेश ५ संग उपाधीका लागि भिड्ने भएका हुन । त्यसै गरि छात्र तर्फ प्रदेश ५ सँग ।