अस्ट्रेलियामा २१ वर्षीय सेढाई मृत फेला

अध्ययनका  लागि अस्ट्रेलिया पुगेका नेपाली विद्यार्थी स्वदेश सेढाई मृत फेला परेका छन् । सिड्नीको गिलफोर्डमा बस्दै आएका २१ वर्षीय सेढाई आफ्नै कोठाको लुगा राख्ने दराजभित्र मृत फेला परेका हुन् । २ वर्ष अघि त्यहाँ पुगेका सेढाई सिड्नीस्थित युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीमा ब्याचलर अफ कम्युटर इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थी हुन् ।

अबेर रातिसम्म ठीक अवस्थामा देखिएका सेढाई बिहान अबेरसम्म नउठेपछि कोठामा हेर्दा मृत भेटिएका थिए । हाल उनको शवलाई लिडकमस्थित मोर्गमा राखेको र आवश्यक कानुनी कारबाही पश्चात आफन्तलाई शव बुझाउने सम्बन्धित निकायले जनाएको छ । मृतकका परिवारलाई एनआरएनए तथा झापाली समाज अस्ट्रेलियाले आवश्यक सहयोग गर्न बताइएको छ ।