पाउद्धारकी अंशु गर्बुजाले फिलिपिन्सको सौन्दर्य प्रतियोगितामा भाग लिने

दोस्रो मिस हिमालय नेपाल २०१९ मा भ्युवर च्वाइस अवार्ड जितेकी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारकी १५ वर्षीया अंशु गर्बुजा पुनले अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा भाग लिने भएकी छन् । प्रतियोगितामा उत्कृष्ट उपाधीमध्येको अवार्ड जितेकी पुनले फिलिपिन्समा आयोजना हुने प्रतियोगितामा सहभागी हुने पुनका मामा भुरुङ तातोपानीका बुद्धि पुनले बेनीअनलाइनलाई बताए ।

‘अन्तराष्ट्रिय मञ्चमा प्रतिभा देखाउने अवसरले उत्साहित भएका छौ,‘नेपालीको पहिचानलाई देखाउने अवसर पनि हो’ पुनले भने । उनका अनुसार नेपालको प्रतिनिधित्व गरेर विश्वका विभिन्न देशबाट प्रतिस्पर्धाका लागि आउने सहभागीबाट समेत अनुभव संगाल्न सहज हुने बताए । होटल म्यानेजमेन्ट विषयमा काठमाडौको साउथ वेष्टर्न स्टेट कलेजको कक्षा १२ मा अध्ययनरत पुनले पाउद्धार माविबाट एसईई उतिर्ण गरेको बताईन् । बाल्यकालदेखि नै नृत्यमा विषेश रुची रहेपनि अतिरिक्त क्रियाकलापमा पुनले यसअगाडी समेत विभिन्न अवार्ड जितेकी छन् ।

नृत्यसँगै भविस्यमा एयर होस्टेज बन्ने लक्ष्य रहेको बताउँदै पढाईलाई समेत प्राथमिकता दिएको बताईन् । म्याग्दीबाट यसअगाडी समेत विभिन्न प्रतियोगिले अन्तराष्ट्रिय प्रतियोगितामा प्रतिभा देखाउने अवसर पाएका छन् । विषेशगरी म्याग्दीको थाली नाचलाई विश्वबजारमा चासोपूर्वक हेर्ने गरिएकाले पनि म्याग्दीको पहिचान हुने गतिविधिलाई प्राथमिकता दिने पुनको भनाई छ ।