ओमकुमारी कोषलाई मोना फ्रान्सले ३ लाख सहयोग

म्याग्दी जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई यूरोपेली राष्ट्र फ्रान्समा रहेका म्याग्देलीले ३ लाख आर्थिक सहयोग गरेका छन् । जिल्लामा आर्थिक विपन्नताका कारण उपचारमा आर्थिक समस्या झेलेका सर्वसाधारणको उपचारमा आर्थिक सहयोग गदैं आइरहेको कोषको सरक्षक सदस्यता लिदैं मोना फ्रान्सले आजिवन सदस्यता मार्फत संकलन गरिएको सहयोग शनिबार एक कार्यक्रम बीच हस्तान्तरण गरिएको छ ।

मोना फ्रान्सका अध्यक्ष हेम बानियाँका बुबा दिपबहादुर र सल्लाहकार मानबहादुर सेन्चुरीकी आमा रतिश्री विकले सहयोग हस्तान्तरण गरेका थिए । कार्यक्रममा मान्तब्य ब्यक्त गदैं दिपबहादुरले गरिवको उपचार गर्नु मानवीय धर्म भएकाले पनि यस संस्थाको कार्यबाट उत्साहित रहेको बताए । बेनी नगरपालिका–४ की ओमकुमारी शान्ती पुन हाईपोपलास्टिक एनिमिया रोगबाट पीडित भएपछि उपचारमा सहयोग जुटाउन सुरू भएको अभियानको क्रममा निधन भएपछि ओमकुमारीको नाममा स्थापना गरिएको कोषले आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका म्याग्देलीको उपचारमा आर्थिक जुटाइरहेको कोषका अध्यक्ष राजेश शाक्यले बताए ।

कोषका अध्यक्ष शाक्य सहितको टोली ब्यक्तिगत खर्चमा यूरोप भ्रमणको क्रममा फ्रान्समा आयोजित कार्यक्रममा मोना फ्रान्सको स्वागत तथा सम्मान कार्यक्रममा प्रतिबद्धता जनाए अनुसारको सहयोग पठाइएको मोना फ्रान्सका अध्यक्ष बानियाँले बताए । ‘संस्थाका सम्पूर्णको सहयोगमा यो सम्भव भएको छ,‘संस्थागत सहयोग जुटाउन सक्रिय हुने सम्पूर्णलाई धन्यवाद’ बानियाँले भने । कोषमार्फत ब्लड क्यान्सर, मुटु, मृगौला, हाडजोर्नी, आँखा, नशा लगाएत विभिन्न किसिमका रोगको उपचारमा भइरहेको छ । सहयोग हस्तान्तरण कार्यक्रमको अध्यक्षत कोषका अध्यक्ष शाक्य, स्वागत उपाध्यक्ष हरिकृष्ण गौतम र सञ्चालन सहसचिव लोकेश पुनमगरले गरेका थिए ।