टाउकोमा पिप जमेपछि दर्मिजाकी गर्बुजाको उपचारमा सहयोगको याचना

यहाँकी एक बालिकाको टाउकोमा पिप जमेपछि उपचारमा सहयोगको याचना गरिएको छ । जिल्लाको रघुगंगा गाउँपालिका ३ दग्नाम दर्मिजाकी टार्जन गर्बुजाकी साढे ३ बर्षकी खुसी गर्बुजाको टाउकोको अगाडीको भित्री भागमा पिप जमेपछि उपचारमा आर्थिक अभावले सहयोगको याचना गरिएको छ । करिव ५ देखि ७ लाख खर्च अनुमान गरिएपछि पीडित बालिकाका आफन्तले आर्थिक सहयोगको अपिल गरेको धौलागिरी नौमती बाजा समुह यूकेका अध्यक्ष बिल पुर्जा मगरले बताए ।

‘आर्थिक अभावको जानकारी भएपछि सहयोग संकलन सुरु गरेका छौ,‘आर्थिक सहयोगले उपचार सम्भव भएकाले अभियानमा सक्रिय छौ’ पुर्जाले भने । यूकेमा सांस्कृतिसँगै सामाजिक तथा मानवीय सेवामा सक्रिय रहेको संस्थाले अभियानमार्फत संकलन गरेको आर्थिकलाई परिवारलाई हस्तान्तरण गर्ने जनाएको छ । विगतमा समेत धेरै सामाजिक अभियानमा सक्रिय रहेको संस्थाले अभियानमा साथ दिएर एउटी बालिकाको जीवन रक्षा गर्न अनुरोध गरेको छ । बालिकाको पोखराको फिस्टेल हस्पिटलमा उपचार भइरहेको छ ।

धौलागिरी नौमती बाजा,समूह,यूके (अभियान समूह )

Bank details: Mr Amrit P Thapa Sort code 60 15 42 Account No. 70174350 Natwest bank.