गण्डकी प्रदेशस्तरीय छात्र कबड्डीमा म्याग्दी प्रथम

गण्डकी प्रदेशस्तरीय ११औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्र कबड्डीतर्फ म्याग्दीले जितेको छ । पोखरामा सम्पन्न भएको प्रतियोगितामा म्याग्दीले तनहुँलाई पराजित गदैं उपाधी जितेको हो । गण्डकी प्रदेशका ११ जिल्लाको सहभागीता रहेको प्रतियोगितामा छात्रातर्फ म्याग्दीले सानदार खेल प्रस्तुत गदैं उपाधी जितेको थियो ।

त्यसैगरी छात्रतर्फ म्याग्दी उपविजेता भएको छ । कास्कीसँगको खेलमा म्याग्दी पराजित भएको थियो । प्रतियोगितामा छात्रछात्रातर्फको दुवै भलिबलको फाइनलमा म्याग्दीलाई स्याङ्जाले पराजित गरेको खेलकुद प्रशिक्षक तेजेन्द्र बानियाँले बताए ।उनका अनुसार छात्रातर्फको कवड्डीमा म्याग्दी तेस्रो भएको छ ।

यही असार २६ गतेदेखि शुरु भएको प्रतियोगितामा एथलेटिक्स,उसु, तेक्वान्दो, कबड्डी र भलिबलमा म्याग्दीले विगतका भन्दा राम्रो खेल प्रर्दशन गरेको छ । विजेताहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सामाजिक विकासमन्त्री नरदेवी पुन, राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाललगायतले पुरस्कार वितरण गरे।