पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी वेष्ट पोइन्टलाई

म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न भएको स्थानीयतहस्तरीय अन्तरमावि पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा न्यू वेष्ट पोइन्ट आवासीय मावि प्रथम भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा मंगलबारदेखि सुरू भएको प्रतियोगितामा बेनी नगरपालिकाबाट प्रतिनिधित्व गदैं वेष्ट पोइन्टले १३ स्वर्ण, ११ रजत र ३ काँस्य पदक जित्दै प्रतियोगिताकै प्रथम भएको छ ।

स्थानीय तहअनुसार भएको राष्ट्रपति कपमा प्रथम र द्वितीय भएका विद्यालय र विद्याथीहरुको सहभागितामा खुल्लामञ्चमा सञ्चालित प्रतियोगितामा १० स्वर्ण,९ रजत र २ काँस्य पदक सहित माउण्ट एभरेष्ट आवासीय मावि उपविजेता भएको छ भने ७ स्वर्ण, २ रजत र १ काँस्य सहित प्रकाश मावि तृतिय भएको प्रतियोगिताका प्रशिक्षक विरेन्द्र श्रेष्ठले बताए ।

उनका अनुसार प्रतियोगितामा छात्र÷छात्रा भलिबलमा माउण्ट एभरेष्ट‐बेनी नगरपालिका) र ज्ञानप्रकाश मावि‐अन्नपूर्ण गाउँपालिका)ले जितेका छन्।त्यस्तै कबड्डी छात्र÷छात्रातर्फ क्रमश माउण्ट एभरेष्ट‐बेनी नगरपालिका) र प्रभा मावि‐अन्नपूर्ण गाउँपालिका) विजय भएका छन् ।

एथ्लेटिक्सतर्फ न्यू वेष्ट पोइन्ट १० स्वर्ण १ रजत र १ काँस्य, प्रकाश मावि ४ स्वर्ण, २ रजत, गलेश्वर मावि ३ स्वर्ण २ रजत, राष्ट्रिय मावि २ स्वर्ण १ रजत, बेनी सामुदायिक मावि २ स्वर्ण १ रजत, जनकल्याण मावि १ स्वर्ण १ रजत, रघुगंगा मावि १ स्वर्ण ३ रजत, ४ काँस्य, प्रभा मावि १ स्वर्ण, २ रजत, ३ काँस्य, हिमाञ्चल मावि १ स्वर्ण, १ रजत र दिपशिखा मावि १ स्वर्ण,१ रजत र माउण्ट एभरेष्टले २ रजत पदक जितेका छन् । त्यस्तै तेक्वान्दोतर्फ माउण्ट एभरेष्ट २ स्वर्ण, २ रजत, २ काँस्य, प्रकाश मावि ३ स्वर्ण, १ काँस्य, न्यु वेष्ट पोइन्ट २ रजत, २ काँस्य विजय गरेका छन् ।

त्यसैगरी कराँततर्फ माउण्ट एभरेष्ट ५ स्वर्ण, न्यु वेष्ट पोइन्ट १ स्वर्ण, ३ रजत, बुद्ध एकेडेमी १ रजत, बेनी सामुदायिक १ रजत जितेका छन् । त्यसैगरी उसु विधातर्फ बालमन्दिर आधारभुत विद्यालय ३ स्वर्ण, न्यु वेष्ट पोइन्ट आवासीय २ स्वर्ण १ रजत, लिटल गार्डेन एकेडेमी १ काँस्य पदक जिेतका छन् । मार्सल आर्टतर्फको विधामा बेनी नगरपालिकाभित्रकै सामुदायिक तथा नीजि विद्यालय नै हावी भएका थिए । प्रतियोगितामा सर्वोउत्कृष्ट खेलाडीमा न्यू वेष्ट पोइन्टकी आयूषा केसी र इश्वर सेञ्चुरी घोषित भएका छन् ।

यसैबीच जिल्लाका १ नगरपालिका र पाँच गाउँपालिका विद्यालयहरु सहभागी भएको प्रतियोगिता बेनी नगरपालिकाले ४२ स्वर्ण, १७ रजत र ५ काँस्य पदक, अन्नपूर्ण गाउँपालिका ४ स्वर्ण, २ रजत र ५ काँस्य र रघुगंगा गाउँपालिका १ स्वर्ण, ४ रजत र ६ काँस्य पदक जितेका छन् । प्रतियोगिताको समापना कार्यक्रममा गण्डकी प्रदेश सांसद विनोद केसी, नेकपाका जिल्ला सचिव हरिकृष्ण श्रेष्ठ, खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा लगाएतले पुरस्कार वितरण गरेका थिए। कक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्ष सम्मका विद्यार्थीहरुले सहभागिता जनाएको प्रतियोेगितामा प्रथम, द्धितिय र तृतियले क्रमश १५ हजार, १२ र ८ हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए ।